कञ्चनपुर । महेन्द्रनगर स्थित सुदूरपश्चिम विश्वविद्यालय, स्कुल अफ इन्जिनियरिङअन्तर्गत इनोभेटिभ कम्प्युटर इन्जिनियरिङ क्लबले राष्ट्रियस्तरको ह्याकाथन प्रतियोगिता आयोजना गर्ने भएको छ ।
क्लबले आज पत्रकार सम्मेलन गर्दै आगामी मङ्सिर ५ देखि ७ गतेसम्म ह्याकाथन आयोजना गर्न लागेको जनाएको हो । क्लबका अध्यक्ष जेलिना भट्टले सूचना प्रविधि, नवप्रवर्तन र प्राविधिक विकाससँग सम्बन्धित गतिविधि बढाउन ह्याकाथन आयोजना गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार ह्याकाथनमा स्वास्थ्य, शिक्षा, वातावरण, कृषि, साइबर सुरक्षा, फिनटेक, कृत्रिम बुद्धिमत्ता (एआई)लगायत आठ वटा ट्र्याकमा विद्यार्थीले आफ्ना समाधान बनाउने छन् । उनले प्रतियोगितामा उत्कृष्ट हुने प्रतिस्पर्धीलाई रु एक लाख १५ हजार पुरस्कार प्रदान गरिने जानकारी दिए ।
ह्याकाथनमा सुदूरपश्चिम विश्वविद्यालयका साथै विभिन्न क्षेत्रका विद्यार्थीको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी विद्यार्थीले आफ्ना सिर्जनात्मक क्षमता, प्राविधिक ज्ञान र नवीन सोचलाई व्यवहारमा उतार्ने अवसर पाउने आयोजकले जनाएको छ ।
आईसीटी समाचार