कीवर्डहरू -

धुलिखेलमा दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

धुलिखेलमा दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न

दोस्रो पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपाल सम्पन्न भएको छ ।

वैशाख २६ गतेदेखि वैशाखा २९ गतेसम्म काभ्रेको धुलीखेलमा सम्पन्न भएको आयोजकले जनाएको छ ।

चारदिनसम्म चलेको उक्त पोस्टग्रे एसक्यूएल कन्फेरेन्स नेपालमा फरक फरक क्षेत्रका व्‍यक्तिहरु सहभागी भएका थिए ।  खासगरी औद्योगिक, सरकारी, एकेडेमिक आदि क्षेत्रका व्‍यक्तिहरु कार्यक्रममा सहभागी भएको आयोजकले जनाएको छ ।

यस वर्ष रूस, अमेरिका, भारत र पाकिस्तानलगायत ८ देशका अन्तराष्ट्रिय वक्ताहरु उपस्थित भएका थिए ।

कन्फेरेन्सका संयोजक बालकृष्ण बलले भनेका छन्, ‘ हामी अब नेपाली समुदायको लागि पोस्कट्रे एसक्यूएलमा काम गर्न सक्छौं।त्यतिमात्र होइन नियमित रुपमा नेपाली समाजको लागि सँगैसँगै हातेमालो गरेर अगाडी बढ्न सक्छौं।’