कीवर्डहरू -

काठमाडौं विश्वविद्यालयमा कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स सम्पन्न

काठमाडौं विश्वविद्यालयमा कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ कन्फेरेन्स सम्पन्न

शुक्रबार काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजना भएको कम्युनिकेसन एण्ड इन्फर्मेसन प्रोसेसिङ नेपाल (सीआईपी-एन) कन्फेरेन्स सम्पन्न भएको छ ।

काठमाडौं विश्वविद्यालय, स्कुल अफ इञ्जिनरिङ्ग अन्तर्गतको इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङ विभागको आयोजनामा विश्वविद्यालय सीभी रमन अडिटोरियम सम्मेलन सञ्चालन भएको थियो ।

सम्मेलन हुनुभन्दा एक दिन अगाडि विभिन्न विषयमा विज्ञले कार्यपत्र प्रस्तुत गरेका थिए । प्राविधिक तयारीका लागि नवप्रर्वतन र साझेदारी थिमसहित वेबिनार र सम्मेलन आयोजना भएको थियो ।

\"\"

डा. रामकाजी बुढाथोकीकाे सभापतित्वमा सुरू भएको कन्फेरेन्समा सूचना तथा सञ्चार प्रविधि विज्ञ, विद्यार्थी र सरोकारवालाहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको उद्घाटन शत्रमा स्वागत मन्तव्य दिदै विश्वविद्यालयको स्कुल अफ इन्जिनियरिङका डीन प्रा. डा. मनिष पोखरेलले देशमा इन्नोभेसनको खाँचो भएको बताएका थिए ।

कार्यक्रममा बोल्दै काठमाडौं विश्वविद्यालय उपकुलपति डा. भोला थापाले विद्यार्थीहरूलाई पाठ्यक्रमभन्दा पनि बाहिर लैजाने र सरोकारवालाहरूलाई एउटै प्लेटफर्ममा जोड्न भविष्यमा पनि यस्ता कार्यक्रम हुनुपर्ने जोड दिए ।

यस्तै डा. रामकाजी बुढाथोकीले  सञ्चार तथा सूचना सिंगनल प्रोसेसिङ क्षेत्रमा लागेको अनुसन्धानकर्ता, संस्था, व्यक्ति तथा सरोकारवालानिकायहरूलाई एकैठाउँमा ल्याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

त्यसैगरी कार्यक्रममा बोल्दै नेपाल टेलिकमको तालिम केन्द्रका निर्देशक राजेश जोशीले कर्मचारीका लागि आवश्यक पर्ने तालिम, वर्कशप र छलफलको प्लेटफर्म उपलब्ध गराइरहेको बताए ।

सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिका विविध विषयमा छलफल भएको थियो । छलफलमा सम्बन्धि क्षेत्रमा विज्ञले आफ्नो भनाइ राखेका थिए ।

\"\"

कार्यक्रमलाई नेपाल टेलिकम, ह्वावे, कनेक्ट आईपीएस, आइसिटी समाचार, नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्क, केयु इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स एलिमुनाइ र सोसाइटी अफ इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स इन्जिनियर्सको सहयोग तथा सहकार्य रहेको छ ।