कीवर्डहरू -

एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन

एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न, पहिलो भयो पुल्चोक क्याम्पसको टिम जेनन

मदन भण्डारी मेमोरियल कलेजले सफलतापूर्वक एमबिएम आइडिया एक्स २०२३ ह्याकाथन सम्पन्न गरेको छ । यस ह्याकाथनमा सूचना तथा प्रविधिको प्रयोग गरी आदीवासी तथा स्वदेशीय भाषालाई जोगाउने तथा प्रवर्द्धन गर्नेलाई प्रमुख विषयवस्तु बनाइएको थियो ।

यस कार्यक्रमको उद्देश्य नेपाली आदिवासी भाषाहरूको संरक्षण र सम्वर्द्धनका लागि प्रोग्रामिङ उपकरण विकास गर्न प्रोग्रामरहरूको ठूलो समूहलाई संलग्न गराउनु थियो । कार्यक्रमलाई युनेस्को र प्रभु बैंकले सहयोग गरेका थिए ।

कार्यक्रममा ४८ भन्दा बढी राष्ट्रिय तथा अन्तराष्ट्रिय टोली गरी ४५० जना सहभागीले सहभागिताका लागि आवेदन दिएका थिए । तीमध्ये छनोट समितिले विभिन्न शहरबाट जम्मा १३ टोली (४८ सहभागी) अन्तिम चरणमा सहभागी भएका थिए ।

६ देखि ८ अक्टोबर २०२३ सम्म कलेज परिसरमा सबै टोलीहरूले आफ्ना सफ्टवेयर उत्पादनहरूलाई अन्तिम रूप दिनका लागि कोडिङ गरेका थिए । तमु बौद्ध सेवा समिति हल, अनामनगरमा रहेको प्रडक्ट डिस्प्लेमा सबै टोलीले आफ्नो उत्पादन मूल्याङ्कन र पुरस्कारका लागि निर्णायक समिति समक्ष प्रस्तुत गरेका थिए ।

\"\"

मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख रमेश चन्द्र पौडेलले कार्यक्रममा स्वगत मन्तव्य राखेका थिए । कार्यक्रमका अध्यक्ष तथा पूर्व चीनका लागि राजदूत महेन्द्र पान्डेले ह्याकाथनको महत्व दर्साउँदै सबै सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । हरेक भाषाले बेग्लै संस्कृति झल्काउने हुँदा सबैको आफ्नै महत्व रहेको समेत पान्डेले जनाएका थिए ।

\"\"

यस ह्याकाथनमा पूल्चोक क्याम्पसको टिक जेनन : जेनो लिंगो ग्रुपले पहिलो स्थान हासिल गर्दै २५ हजार रुपैयाँ हासिल गरेको थियो । यसैगरी मेची बहुमुखी क्याम्पसको टिम लिपीले दोस्रो स्थान र १५ हजार नगद पुरस्कार हासिल गर्न सफल भएको थियो ।

\"\"

तेस्रो स्थानमा पूल्चोक क्याम्पसै्र टिम द मिसफिट्स : न्याटिभ ट्युन्स रहेको थियो र १० हजार रुपैयाँ प्राप्त गरेको थियो । यसैगरी चोथो स्थानमा टिम किन कोडर्स आएको थियो । आयोजकले विजयी टिम सहित सम्पूर्ण सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

क्यान महासङ्घका महासचिव चिरञ्जीवी अधिकारीले एमबिएम आइडियाएक्स २०२३ आदिवासी भाषाको प्रवद्र्धनका लागि नेपालको प्रविधि र स्थानीय भाषालाई जोड्ने एउटा मञ्च भएको बताए ।

\"\"