कीवर्डहरू -

एडीबी ह्याकाथन सम्पन्न, को-को भए विजेता ?

एडीबी ह्याकाथन सम्पन्न, को-को भए विजेता ?

एक्सिलेरेटिङ स्यानिटेसन फर अल इन एसिया एण्ड द प्यासिफिकको एक हिस्साको रूपमा आयोजना गरिएको एडिबी ह्याकाथन सफलतापर्वूक सम्पन्न भएको छ ।

एसियाली विकास बैंक (एडिबी), नेपाल सरकार, खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग/आयोजना व्यवस्थापन कार्यालयको आयोजना, नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको सहआयोजना र रोबोटिक्स एसोसिएसन अफ नेपालको व्यवस्थापनमा उक्त कार्यक्रर्यम सम्पन्न भएको हो ।

ह्याकाथनले नेपालभरका आविष्कारकहरूलाई टेक्नोलोजी, रचनात्मकता र टीम वर्कको फाइदा उठाएर देशमा सरसफाइ कर्मचारीहरूको सुरक्षा र मर्यादा सुधार गर्ने उद्देश्यले प्राविधिक समाधानहरू विकास गर्न प्रेरित गरेको थियो ।

यसले नेपालको भरतपरु र नेपालगञ्जमा सरसफाइ कर्मचारीहरूको सुरक्षा, कल्याण र कामको अवस्था सधुार गर्नसक्ने नवीन विचार वा प्राविधिक समाधानहरू भएका स्टार्ट–अप कम्पनीहरू पहिचान गरेको थियो ।

प्रतिस्पर्धात्मक छनौट प्रक्रियामार्फत, निर्णायक मण्डलले परियोजनाका विशेषज्ञ, परामर्श इन्जिनियर, पिएमओ र अन्य सरोकारवालाहरूसँग मिलेर काम गर्नका लागि चारजना विजेताहरू छनौट गरेका छन् ।

एडिबी ह्याकाथनको विजयी हाइ टेक सेप्टिक क्लिनिङ भेइकल परियोजना बनाउने बुटवल स्यानिटरी प्रालि भएको छ ।

त्यस्तै दोस्रो स्थानमा टिम मन्त्र आएको छ र टिम ब्यालिभो तेस्रो स्थानमा रहेको छ । टिम नेक्नो टेक्नोलोजी प्रालि चौथो स्थानमा आएको छ । सबै विजेताले परियोजना विकासका लागि ५० लाख बढी बराबरको पुरस्कार प्राप्त गरेका छन् ।