कीवर्डहरू -

आज सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुँदै

आज सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुँदै

शुक्रबार सगरमाथा इन्जिनियरिङ कलेजमा म्यापिङ म्यानिया वर्कशप हुने भएको छ । सगरमाथा इन्जिनियरिङ कलेजको कम्प्युटर इन्जिनियरिङ सोसाइटीले ओपन म्यापिङ र ओपन स्ट्रिट म्यापको बारेमा जानकारी दिन म्यापिङ म्यानिया वर्कशप आयोजना गर्न लागेको हो ।

कार्यक्रम बिहान १० बजेदेखि सुरू हुनेछ । दिनभरि नै सञ्चालन हुने कार्यक्रममा मेन्टर तथा प्रशिक्षकको रूपमा म्यापिङको क्षेत्रमा काम गरिरहेका निसान के अर्याल, अमृत के अर्याल, सुस्मा घिमिरे, अर्जुन गौतम र अशोक थकुल्ला रहेका छन् ।

ओपन स्ट्रिट म्यापको जनचेतना फैलाउने, नयाँ म्यापरहरू जन्माउने र ओपन म्यापिङ डेटामा योगदान पुर्‍याउने उद्देश्यले म्यापिङ म्यानिया आयोजना भइरहेको जनाइएको छ ।

वर्कशपको मिडिया पार्टनरमा आइसिटी समाचार रहेको छ भने कम्युनिटी पार्टनरमा म्याप बड्स, ओपन म्यापिङ हब, ओपन टेक कम्युनिटी रहेका छन ।

यस बाहेक टेक्निकल पार्टनरमा आईसीएमएस युथ म्यापर्स, इन्नोभेसन ल्याब र काठमाडौं लिभिङ ल्याब रहेका छन् ।