कीवर्डहरू -

नेपालमा 'एआई इन जर्नलिजम वर्कसप' आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य

नेपालमा 'एआई इन जर्नलिजम वर्कसप' आयोजना हुँदै, क्यान महासंघ र फेजाबीच सहकार्य

काठमाडौं । क्यान महासंघ र फेजाको संयुक्त आयोजनामा आगामी २०२६ जुलाई २६ मा 'एआई इन जर्नलिजम वर्कसप' हुँदैछ । विज्ञहरूद्वारा न्युजरुममा एआई टूल्सको प्रयोग र भ्रामक सूचना नियन्त्रणबारे प्रशिक्षण दिइनेछ ।

कम्प्युटर एशोसिएशन नेपाल महासंघ (क्यान महासंघ) का कार्यवाहक अध्यक्ष एवं सूचना प्रविधि क्षेत्रका अगुवा चिरञ्जीवी अधिकारीको नेतृत्वमा, महिला आर्थिक पत्रकार संघ (फेजा) सँगको सहकार्यमा ‘एआई इन जर्नलिज्म वर्कसप’ (पत्रकारितामा एआई कार्यशाला) आयोजना हुने भएको छ ।

null

यो विशेष कार्यशाला २०२६ जुलाई २६ (साउन १०, २०८३) का दिन बिहान १०:०० बजेदेखि दिउँसो १२:०० बजेसम्म सञ्चालन हुनेछ । नेपालको सञ्चार क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को प्रयोगलाई बढावा दिन यो कार्यक्रम एउटा महत्त्वपूर्ण कदम हुने विश्वास लिइएको छ ।

वान कभर प्राइभेट लिमिटेडका संस्थापक सीईओ समेत रहेका चिरञ्जीवी अधिकारीको अवधारणा र पहलमा सुरु भएको यस अभियानलाई मूर्तरूप दिन हालै एक समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

सम्झौता पत्रमा क्यान महासंघका कार्यवाहक अध्यक्ष चिरञ्जीवी अधिकारी, फेजाका अध्यक्ष शर्मिला ठकुरी, कार्यक्रमको एआई पार्टनर रहेको सनवे कलेज काठमाडौंका निर्देशक सिमोली देसाई र टेक ब्लगर्स एशोसिएशन अफ नेपाल (टिबान) का अध्यक्ष सन्तोष ढुङ्गानाले हस्ताक्षर गर्नुभएको छ ।