इभेन्ट
एप्पलले जारि गर्यो आइओएस ११.३ को अपडेट,तल हेरौं इन्स्टल गर्ने तरिका
लामो समयको अन्तराल पछि विश्व प्रसिद्ध स्मार्टफोन कम्पनि एप्पलले आइओएस ११.३ को लागि नयाँ अपडेट जारि गरेको छ । आइओएस युजरहरुले नयाँ अपडेट डाउनलोड गर्न सक्नेछन। आइओएस ११.३ लाइ अब आइफोन तथा आइप्याडका प्रयोगकर्ताहरुले डाउनलोड गर्न सक्नेछन ।
एप्पलको अपरेटिंग सिस्टम ११.३ को अपडेट भर्जनमा युजर्सहरुले धेरै नयाँ फिचर्स प्राप्त गर्न सक्नेछन । यसमा अब आइफोनको ब्याट्री लाइफ लामो हुनेछ,मौसम सम्बन्धि अन्य थुप्रै जानकारीको अपडेट प्राप्त हुनेछ ।
यसरि डाउनलोड गर्नुहोस् आइओएस ११.३
- सबैभन्दा पहिले आफ्नो फोनको सेटिंग मा जानुहोस ।
- त्यसपछि तपाईले Software Update अप्सन देख्नुहुन्छ,त्यसमा क्लिक गर्नुहोस् ।
- त्यसमा क्लिक गरेपछि तपाइले अपडेटको नोटिफिकेशन देख्न सक्नुहुन्छ ।
- यहाँ ध्यान दिन पर्ने कुरा के छ भने आइओएस ११.३को साइज ७८१ एमबी छ ।यसकारण मोबाइल नेटवर्कबाट भन्दा पनि वाईफाईबाट अपरेटिङ सिस्टमलाइ अपडेट गर्दा राम्रो हुन्छ।
- अपडेट गर्नु अघि फोनमा ब्याट्रीमा चार्ज भए नभएको ख्याल राख्नुहोस ।
आइओएस ११.३ अपडेट गरेपछि युजर्सले धेरै नयाँ फिचर्स प्राप्त गर्नेछन् । यी मध्ये नयाँ एनिमोजी तथा अग्मेंटेड रियालिटीमा गज्जबको अनुभब प्राप्त हुने छ ।
यो नयाँ अपडेट पछाडी तपाइको फोन अझ धेरै स्मार्ट हुने छ । नयाँ अपरेटिंग सिस्टममा आर्टिफिसियल इन्टेलीजेन्स अझ बलियो सँग प्रस्तुत गरिएको छ । अझ सरल रुपमा भन्दा तपाइको स्मार्टफोनले अब तपाइको आदत अनुसार झनै स्मार्ट तरिकाले काम गर्छ ।
इभेन्ट
देवनागरी तामाङका लागि एन्ड्रोइड किबोर्ड सफ्टवेयर सार्वजनिक
तामाङ भाषाको देवनागरी लेखनमा सफ्टवेयरको विकास भएको छ । शुक्रबार काठमाडौंमा ‘देवनागरी तामाङका निम्ति एन्ड्रोइड किबोर्ड सफ्टवेयर’ गर्दै देवनागरी…
एक दिने साइबर सेक्युरिटी सेमिनार हुँदै
इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपी सर्ट) र लावा प्रालिको सहकार्यमा एक दिने ‘साइबर सेक्युरिटी सेमिनार र क्यारियर काउन्सिलिङ इन साइबर सेक्युर…
सामसुङको फ्ल्यागशिप मोडल ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा
सामसुङ ग्यालेक्सी एस ९ र एस ९ प्लस अब नेपाली बजारमा …