इभेन्ट
चीनमा लन्च भयो नोकियाको ३३१० फोरजी मोडल
एचएमडी ग्लोबलले नोकिया ३३१० को ४ जी मोडल चीनमा लन्च गरेको छ । नोकियाको निर्माण कम्पनि फिनल्याण्डको एचएमडी ग्लोबलले यसअघि पनि नोकिया ३३१० को ३ जी तथा २ जी भेरीएन्ट लन्च गरिसकेको छ । कम्पनिले यो ह्यान्डसेट चाइनामा लन्च गराउन चाइना मोबाइलसँग साझेदारी गरेको गरेको छ । चाइनिज बजारमा उक्त फोन उपलब्ध भएतापनि चीन बाहिरका बजारमा कहिले र कति मूल्यमा उपलब्ध हुने भन्ने बारेमा भने कम्पनिले केहि बताएको छैन् ।
यो ४ जी भेरीएन्टमा २.४ इन्च (३२० x २४० ) डिस्प्ले रहेको छ । यो सेटमा ५१२ एमबी इनबिल्ट स्टोरेज रहेको छ । साथै ६४ जीबी सम्मको माइक्रो एसडी कार्ड सपोर्ट गर्छ । साथमा यसले १२ घण्टा सम्मको ४ जी स्ट्यान्डबाइ सपोर्ट गर्ने कम्पनीले दावि गरेको छ ।
नोकियाको यो फिचर फोनले वाईफाई तथा हटस्पट सपोर्ट गर्छ । साथमा यसमा ब्लूटुथ ४.० र एफएम रेडियो समेत यसमा रहेको छ, भने यसमा एलईडी फ्ल्याश सहित २ मेगपिक्सेलको रियर क्यामेरा रहेको छ । कम्पनिले अर्को महिना स्पेनमा हुने मोबाइल वर्ल्ड कंग्रेसमा नयाँ फोरजी मोडलको मूल्य तथा चीन बाहेकका अन्य बजारमा उक्त फोनको उपलब्धताको बारेमा जानकारी प्रदान गर्ने सम्भावना रहेको छ ।
नोकिया ३३१० ४ जी मोडल ब्लु तथा ब्ल्याक कलरमा उपलब्ध छ । फोनमा कनेक्टिभिटिको कुरा गर्दा ४ जिओएलटिई बाहेक ब्लुटुथ ४.०,माइक्रो युएसबि,एफएम रेडियो,वाईफाई ८०२.११ बि/जी/एन लगायतका फिचरहरु रहेका छन् ।
इभेन्ट
शावमिको नयाँ मोडेल मि मिक्स २ अब चाँडै नेपाली बजारमा
अघिल्लो बर्ष सार्बजनिक भएको शावमिको बेजेल लेस स्मार्टफोन मि …
आइफोन बन्यो २०१७ को सर्बाधिक विक्री भएको टेक प्रोडक्ट
यूएसए टुडेले सार्वजनिक गरेको रिपोर्ट अनुसार आइफोनले मा पनि आफूलाई २०१७ को सर्वाधिक विक्रि भएको टेक प्रोडक्टका रुपमा उभ्…
ओप्पोले ल्यायो फेस अनलक फिचर सहितको ५.७ इन्च डिस्प्ले भएको नयाँ मोडेल ओप्पो ए८३
ओप्पोले नयाँ मोडेलको स्मार्टफोन ओप्पो ए८३ चाईनामा लन्च गरेको छ । यो फोनमा फेस अनलक फिचर आकर्षणको केन्द्र रहेको छ र साथमा यसको डिस्प्ले १८:९ एस्पेक्ट रेसियोको …
ओप्पोले सार्बजनिक गर्यो 20 एमपी सेल्फि क्यामेरा सहितको ए ७५ र ए ७५ एस
छोटो समयमानै स्मार्टफोनको बजारमा धेरै राम्रो छवि बनाउन सफल स्मार्टफोन कम्पनि ओप्पोले अहिले सम्म धेरै फोनहरु सार्बजनिक गरिसकेको छ ।यहि क्रमलाइ निरन्तरता दि…
सामसङले अब ग्यालेक्सी जे २ (२०१८) सार्बजनिक गर्ने तयारीमा
केहि समय अघि मात्रै सामसङ ग्यालेक्सी ए ८ (२०१८) र ए ८ प्लस(२०१८ ) जस्ता स्मार्ट फोनहरु सार्बजनिक गरेको सामसङ कम्पनिले अब चाँडैनै&nbs…
अनरले सार्बजनिक गर्यो चार वटा क्यामेरा सहितको स्मार्टफोन \'अनर ९ लाइट\'
हुवावेको सब-ब्रान्ड अनरले आफ्नो बहुप्रतिक्षित स्मार्टफोन अनर ९ लाइट चीनमा सार्बजनिक गरेको छ । उक्त फोनमा मुख्य आकर्षणको केन्द्रनै २ वटा सेल्फी र २ वटा रियर क्य…
सामसङले लन्च गर्यो नयाँ स्मार्टफोन ग्यालेक्सी ए ८ र ग्यालेक्सी ए ८ प्लस
सामसङ कम्पनिले २०१७ को डिसेम्बर १९ मा ए सिरिजको बहु – प्रतिक्षित स्मार्टफोन ग्यालेक्सी ए ८ (२०१८ ) र ग्यालेक्सी ए ८ प्लस (२०१८ ) लन्च गरेको छ ।नयाँ सामसङ…
शाओमीको एमआइ ए१ अब नेपाली बजारमा
नेपाली बजारमा छोटो समयमानै आफ्नो छबि स्थापना गर्न सफल मोबाइल कम्पनि शाओमीले धेरै प्रकारका स्मार्टफोनहरु सार्बजनिक गरिरहेको छ ।उक्त क्रमलाई निरन्तरता दि…