कीवर्डहरू -

भदौ १५ गतेदेखि १७ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी

भदौ १५ गतेदेखि १७ गतेसम्म इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्सको अन्तर्राष्ट्रिय प्रदर्शनी

भदौ १५ गतेदेखि १७ गतेसम्म काठमाडौंमा नेपाल इलेक्ट्रिक तथा इलेक्ट्रोनीक्स अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । भृकुटीमण्डपको प्रदर्शनी हलमा नेपाल इलेक्ट्रिक, इलेक्ट्रोनीक्स, पावर, लाइट तथा कन्जुमर इलेक्ट्रोनीक्स एण्ड होम अपलायनसेस सम्बन्धी वृहत अन्तर्राष्ट्रिय प्रदर्शनी हुन लागेको हो ।

विद्युतीय उपकरण र उर्जासँग सम्बन्धित प्रदर्शनी यो प्रदर्शनीको  दोस्रो संस्करण हो । ३ दिनसम्म चल्ने प्रदर्शनी मिडिया स्पेस सोलुसन्सका साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्सको संयोजकत्वमा हुँदैछ ।

नेपालभित्र आयात हुने करिब ६० प्रतिशत इलेक्ट्रोनिक तथा विद्युतीय उपकरण भारतबाट आउने भएका कारण पनि यो प्रदर्शनीमा भारतीय सरोकारवालाको सहभागिता उल्लेखनीय हुने आयोजकको अपेक्षा छ ।

यो प्रदर्शनीले नयाँ प्रविधियुक्त विद्युतीय उपकरणहरू पनि प्रस्तुत गरी नेपाली उपभोक्तालाई नयाँ प्रकारका विद्युतीय उपकरणसँग साक्षात्कार पनि गराउने छ ।
यो अन्तर्राष्ट्रिय प्रदर्शनीमा निःशुल्क प्रवेशको व्यवस्था मिलाइएको छ । विद्युतीय उपकरण र बत्तीसँग सम्बन्धित क्षेत्रहरूमा प्राविधिक सामग्री र ज्ञान साझेदारी निर्माण गर्ने उद्देश्यसहितको सम्मेलनका कार्यक्रमहरू पनि गराइनेछ ।