कीवर्डहरू -

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान

आन्टरप्रेनर आइसिटी अवार्ड २०२३ अनुप शेरचनलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा शेरचनलाई आन्ट्रप्रेनर आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका व्यक्तिलाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष शेरचनले आन्ट्रप्रेनर आइसिटी अवार्ड प्राप्त गर्न सफल भएका हुन् । 

फिनटेक उद्यमशीलताको क्षेत्रमा सक्रिय नाम हो, अनुप शेरचन । रसियामा ब्याचलर्स अफ कम्प्युटर साइन्स अध्ययन गरेर सन् १९९८ मा नेपाल फर्किएका उनले वित्तीय क्षेत्रलाई प्रविधिसँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेका छन् । रेमिट्यान्ससँगै वित्तीय क्षेत्रलाई डिजिटलाइज गर्न विगत दुई दशकदेखि अहोरात्र खटिरहेका शेरचन अहिले वित्तीय प्रविधि कम्पनी इन्फीकेयरमा संस्थापक तथा सीईओको रूपमा कार्यरत छन् । 

२०० भन्दा बढी रोजगार सिर्जना गर्नु सफल उनले स्थानीय स्टार्टअप इकोसिस्टम विकासमा सधैं जोड दिदै आएका छन् । 

१५ भन्दा बढी देशमा सफलतापूर्वक सञ्चालन भइरहेको इन्फिकेयरका प्रडक्टहरूलाई अझै विश्वव्यापी रूपमा लैजाने उनको योजना रहेको छ ।