कीवर्डहरू -

टेक्नोरियन नेपाल सम्पन्न, शीर्ष टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जाने

टेक्नोरियन नेपाल सम्पन्न, शीर्ष टोली आईआईटी बम्बेमा हुने टेकफेस्टको ग्रान्ड फिनालेमा जाने

टेकफेस्ट एट आइआइटी बम्बेले नेपालका लागि लक्षित टेकफेस्ट सफलतापूर्वक सम्पन्न गरेको छ । टेक्नोरियन नेपाल २०२३ नाम गरेको यो टेकफेस्ट टेकफेस्ट एट आइआइटी बम्बेको नेपाल केन्द्रित तेस्रो संस्करण हो ।

यो टेकफेस्ट एडभान्स्ड कलेज अफ इन्जिनियरिंग एण्ड म्यानेजमेन्ट अन्तर्गतको एडभान्स्ड रोबोटिक्स क्लब (एआरसी) सँगको सहकार्यमा आयोजना भएको छ । कार्यक्रम कोडिंग, गणित तथा इलेक्ट्रोनिक्समा रुची हुनेहरुका लागि उपयोगी भएको आयोजकको विश्वास छ ।

यो टेकफेस्टमा ३ हजार बढीले सहभागिता जनाएका थिए । एडभान्स कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट (एसीएम) का अध्यक्ष रमेश कुमार सिलवालको उपस्थितिमा कार्यक्रमको उद्घाटन समारोह सम्पन्न भएको थियो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव; प्रमिलादेवी बज्राचार्य, रेडियो नेपालका उपप्रबन्धक उदयकृष्ण श्रेष्ठ, एसेमका प्रिन्सिपल प्रा डा दुर्गाप्रसाद संग्रौला, एसेमका एसोसिएट प्रोफेसर. लक्ष्मीभक्त महर्जन, सम्बन्धित विभागका प्रमुखहरू प्रेमचन्द्र राई, सन्तोष निरौला, सञ्जीव कार्की, कृतिका गुलाटी, किशोर सापकोटा र एसेम विद्यार्थी परिषद्का अध्यक्ष सुवास सुवेदी समेत कार्यक्रममा उपस्थित रहेका थिए ।

एआरसीले चार प्रमुख कार्यक्रमहरू सञ्चालन गरेको थियो जसमा कज्मो क्लेन्च, मेसमेरिज, कोड डिकोड र टेकफेस्ट ओलम्पियाड रहेको थियो । १२ ओटा प्रतिस्पर्धी टिम मध्य कज्मो क्लेन्चमा टिम डिस्ट्रक्टर र टिम रोबोक्रिटिक्स विजयी भएका थिए । यी विजयी टिमहरु आइआइटी बम्बेमा सहभागी हुन् पाउनेछन् । योसँगै पेस वान र पेस २ पनि आइआइटी बम्बेमा सहभागी हुन् पाउनेछन् । 

कोड डिकोडमा १६ओटा टिम सहभागी भएका थिए । टेकफेस्ट ओलम्पियाडमा २० प्रतिस्पर्धी टिम सहभागी भएका थिए । रोबोट दौडमा १२ टिम सहभागी थिए । यसमा बट माइण्ड एले शिर्ष स्थान हासिल गरेको थियो, एआरसी दोस्रो स्थानमा थियो भने बट माइण्ड बीले तेस्रो स्थान हासिल गरेको थियो ।

अरू प्रतिस्पार्धामा टिम एआरसी पहिलो स्थानमा, दाजुभाई दोस्रो स्थानमा र टिएनटी तेस्रो स्थानमा पर्न सफल भएको थियो । मुख्य कार्यक्रमहरूको अतिरिक्त, त्यहाँ अन्य रोचक इभेन्टहरू जस्तै रोबोट दौड, अन्तरक्रियात्मक कार्यशाला र एस्पोर्टहरू भएका थिए ।

यसबाहेक सहभागीहरूले नवीन परियोजनाहरू प्रदर्शन गर्ने अवसरहरू पनि पाएका थिए । कार्यक्रममा सहभागीहरुका लागि विभिन्न खाद्यान्न स्टलहरुको पनि व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
 

null