कीवर्डहरू -

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान

डिजिटल एजुकेसन (पब्लिक सेक्टर) आइसिटी अवार्ड २०२३ सत्यवति माध्यमिक विद्यालयलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा तनहुँको सत्यवति मावीलाई सो अवार्ड दिइएको हो । 

सूचना प्रविधिको प्रयोगमार्फत शिक्षण सिकाई र अध्यापन राम्रो बनाएका सरकारी तथा सार्वजनिक क्षेत्रका स्कुललाई यो अवार्ड प्रदान गरिन्छ । यस वर्ष प्रविधिको प्रयोग गरी उत्कृष्ट शिक्षण सिकाइ प्रक्रियामा अग्रसर सत्यवति माध्यमिक विद्यालयलाई डिजिटल एजुकेसन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो । 

तनहुँको दमौलीमा रहेको सार्वजनिक शैक्षिक संस्था हो, सत्यवति माध्यमिक विद्यालय । वि.सं. २०२३ सालमा स्थापना भएको विद्यालयले आईसीटीमा आधारित शिक्षामा जोड दिएको छ । २५ सय बढी विद्यार्थीहरूले अध्ययन गरिरहेको सत्यवति माध्यमिक विद्यालयमा कम्प्युटर ल्याब, स्मार्ट क्लासरूम, स्पेसिलाइज्ड ल्याब, ई-लाईब्रेरी, ई-बुक, ई-जर्नल, भिडियो कन्फेरेन्सिङ जस्ता सुविधाहरू छन् । 

प्रयाक्टिकल आईसीटी सीप विकासमा जोड दिएको विद्यालयमा ४५ वटा कम्प्युटर, १० वटा ल्यापटप, २५ वटा इन्टर्याकटिभ ह्वाइटबोर्ड, ७ वटा प्रोजेक्टर, ५ वटा टिभी स्क्रिन, १०२ वटा सीसीटिभी र एउटा इलेक्ट्रोनिक ल्याब समेत छन् । 

सूचना प्रविधिको बढ्दो विकास र विस्तारसँगै विद्यालयले आईसीटी पूर्वाधारमा लगानी गर्दै डिजिटल शिक्षामा जोड दिइरहेको छ ।