कीवर्डहरू -

डब्लुएसए योङ इन्नोभेटर्स अवार्डको आवेदन खुला, यसरी दिनुहोस् आवेदन

डब्लुएसए योङ इन्नोभेटर्स अवार्डको आवेदन खुला, यसरी दिनुहोस् आवेदन

वर्ल्ड समिट अवार्ड (डब्लुएसए) योङ इनोभेटर्स अवार्डका लागि आवेदन खुला गरिएको छ । योङ इनोभेटर्स अवार्डमा कुनै पनि स्टार्टअप, उद्यमी, कम्पनी, विद्यार्थीहरुको समूह वा प्रोजेक्ट टिमले आवेदन दिन सक्ने छन् ।

यस अवार्डका लागि आवेदन दिने समय आगामी नोभेम्बर १० सम्मको रहेको छ । यस अवार्डमा सहभागी हुनका लागि कम्तिमा पनि संस्थापक सदस्यहरु वा टोलीका बहुमत सदस्यहरु २६ वर्ष मुनिको हुनुपर्नेछ । 

डब्लुएसएमा इनोभेटर्सका लागि आवेदनमा मोबाइल र वेबमा आधारित सोलुसन जस्तैः एप, वेब पेज, वेरेबल एप, किओस्क इन्स्टलेसन, एसएमएस आधारित प्रडक्ट, खेल र अन्तरक्रियात्मक प्रडक्टहरूले सहभागीता जनाउन सक्ने जनाइएको छ । 

यस अवार्डको बारेमा थप जानकारी पाउनका लागि यहाँ क्लिक गर्नुहोस् ।  डब्लुएसए योङ इनोभेटर्स अवार्डका लागि नेपालको साझेदार संस्थाको रूपमा आइसिटी अवार्ड रहेको छ ।