कीवर्डहरू -

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

प्रा. डा. सुरेश मानन्धरले पाए नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३

नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रा. डा. सुरेश मानन्धरलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा उनलाई नेपाली डायस्पोरा आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रमा उल्लेख्य योगदान पुर्याएका व्यक्तिलाई नेपाली डायस्पोरा अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यस वर्ष मानन्धरले पाएका हुन् । 

विदेश रहँदा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को क्षेत्रमा विशेष योगदान दिदैं नेपालको प्रतिष्ठा बढाइरहेको नाम हो, प्रा.डा. सुरेश मानन्धर ।

एआईको क्षेत्रमा काम गरिरहेको अमेरिकी कम्पनी फ्रोस्ट डिजिटल भेञ्चरमा चीफ साइन्टिस्टको रूपमा कार्यरत उनी वाइज्याक इंकको सह-संस्थापक समेत हुन । 

बेलायतबाट एआईमा विधावारिधी गरेका सन् २००४ मा बेलायतको माथिल्लो सदन हाउस अफ लर्ड्स सेलेक्ट कमिटी अन साइन्स एण्ड टेक्नोलोजीको सदस्य रहेर समेत काम गरेका थिए ।

३५ वर्षदेखि एआईको अध्ययन, अनुसन्धान क्रियाशिल एआई वैज्ञानिक मानन्धर फ्युज मेसिन्स, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय लगायतका स्वदेश तथा विदेशका विभिन्न प्रतिष्ठित संस्थामा आवद्ध छन् । 

विदेशमा सिकेको सीप नेपालमा उपयोग गर्न र एआईको क्षेत्रमा नेपाललाई विश्वसामु चिनाउन उनी अनबरत लागिरहेका छन् ।