कीवर्डहरू -

आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस

आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टनरमा ब्रोडवे इन्फोसिस

आइसिटी अवार्ड २०२३ को ट्रेनिङ पार्टरनमा ब्रोडवे इन्फोसिस हुने भएको छ । त्यसका लागि आइसिटी अवार्ड र ब्रोडवेबीच सम्झौता भएको हो । 

सूचना प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा सहकार्य गर्न पाउँदा खुसी लागेको ब्रोडवेले बताएको छ । 

ब्रोडवे नेपालको प्रतिष्ठित आईटी ट्रेनिङ प्रदान गर्ने संस्था हो । प्रोग्रामिङ ल्याङवेज, डिजिटल मार्केटिङ, सिस्को, अटो क्याड, अमेजन वेब सर्भिसेज, ग्राफिक डिजाइन लगायतका आईटी कोर्षहरू पढ्न सकिन्छ ।

आइटी तालिमबाट शिक्षा तथा प्रविधि क्षेत्रमा उल्लेखनीय योगदान पुर्याइ देशको डिजिटल रूपान्तरणमा योगदान पुर्‍याएको भन्दै ब्रोडवेले केही समय अगाडि एसोसिओ एड टेक अवार्ड पाएको थियो ।