कीवर्डहरू -

इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३

इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरे प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३

प्रोफेसनल एक्सिलेन्स आईसीटी अवार्ड २०२३ इन्जिनियर लोचनलाल अमात्यले प्राप्त गरेका छन् । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा अमात्यले प्रोफेसनल एक्सीलेन्स आईसीटी अवार्ड पाएका हुन् । 

आईसीटी अवार्डमा प्रोफेसनल एक्सीलेन्स विधा यस वर्ष मात्र थप गरिएको विधा हो । आइसिटी क्षेत्रसँग सम्बन्धित रहेर कम्तिमा ५ वर्षको अनुभवसँगै यस क्षेत्रमा पुर्याएको महत्वपुर्ण योगदान, विशेष कामको आधारमा यो अवार्ड प्रदान गरिन्छ । 

नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा तीन दशकदेखि क्रियाशिल छन्, इन्जिनियर लोचन लाल अमात्य । रसियाबाट कम्प्युटर इन्जिनियरमा मास्टर्स अध्ययन गरेर नेपाल फर्किएका अमात्यले नेपाल टेलिकममा कम्प्युटर इन्जिनियर हुँदै सीटीओसम्म करिब ३२ वर्ष सेवा गरेका थिए ।

मेन्टेनेन्स कन्ट्रोल सिस्टम, बिलिङ सिस्टम लगायतका प्रणालीहरू विकास गरी टेलिकमलाई प्रविधिमैत्री बनाउन उल्लेख्य भूमिका खेल्नुभएका अमात्य क्यान महासंघको अध्यक्ष समेत निर्वाह गरिसकेका छन् । 

महासंघमा हुँदा नेपालमा आउटसोर्सिङको जग बसाल्न र क्यान इन्फोटेकलाई ठूलो स्केलमा लैजान महत्त्वपूर्ण योगदान दिएका थिए । 

सूचना प्रविधि प्रोफेसनल फोरम र सोसाइटी अफ इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन इन्जिनियर्समा समेत अध्यक्षको भूमिका निर्वाह गरिसकेका अमात्य अहिले नेपाल रिसर्च एण्ड एजुकेसन नेटवर्कको अध्यक्षको रूपमा काम गरिरहेका छन् भने विद्यार्थीहरूलाई पढाउँदै समेत आएका छन् ।