कीवर्डहरू -

आईतबार हल्ट प्राइज एट पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम हुँदै

आईतबार हल्ट प्राइज एट पुल्चोक क्याम्पसको अभिमुखीकरण कार्यक्रम हुँदै

द हल्ट प्राइज एट आईओई पुल्चोक क्याम्पसले अभिमुखीकरण (अरियेन्टेसन) कार्यक्रम आयोजना गर्ने भएको । अभिमुखीकरण कार्यक्रम मंसिर २४ गते दिउँसो २ बजे कलेजको पुस्तकालय हलमा हुनेछ ।

कार्यक्रममा मुख्य अतिथिको रूपमा प्रतिनिधिसभा सदस्य तथा अर्थ समितिका अध्यक्ष सन्तोस चालिसेको उपस्थिति हुने जनाइएको छ । यस वर्ष हल्ट प्राइजको थिम ‘अनलिमिटेड ’ अर्थात असिमित रहेको छ । सोही दिन आधिकारिक रूपमा थिमको घोषणा पनि हुने हल्ट प्राइज एट पुल्चोक क्याम्पसले जनाएको छ ।

समाजलाई दिगो विकासतर्फ लम्काउने अथाह सम्भावना र असिमित उपायहरू भएको भन्दै यस वर्षको थिम अनलिमिटेड छनौट गरिएको हो । हल्ट प्राइज जस्ता समाजको हितका लागि स्थापित संस्था यही लक्ष्य राखी क्रियाशिल रहेको पूल्चोक क्याम्पसको भनाइ छ । 

आइओइ, पुल्चोक क्याम्पस २०२४ को हल्ट प्राइज यस वर्ष आदित्य पाण्डेको नेतृत्वमा हुन् गइरहेको छ । अभिमुखीकरणमा लक्ष्मी सनराइज बैंकका शास्वत कार्की, सहायक प्राध्यापक, कथाकार र प्रतिनिधि सभा सदस्य सन्तोष चालिसे पनि सहभागी हुनेछन् ।