कीवर्डहरू -

प्रेसिडेन्सियल आइटी कन्क्लेभ हुँदै

प्रेसिडेन्सियल आइटी कन्क्लेभ हुँदै

प्रेसिडेन्सियल बिजनेश स्कुलले न्यास आइटीसँगको सहकार्यमा प्रेसिडेन्सियल आइटी कन्क्लेभ २०२३ आयोजना गर्दैछ । शुक्रबार दिउँसो एक बजेबाट एभरेष्ट होटेलमा हुने सो कार्यक्रममा तीन ओटा प्यानल डिस्कसन सञ्चालन हुनेछन् । 

पहिलो प्यानल सेसन ब्रेकिङ ब्यारियर्स : एक्स्प्लोरिंग द ट्रान्सफोरमेटिभ लर्निंग पाराडाइम विषयमा हुँदैछ । यस सेसनको संचालन एसेन्डीफ्लाईका सह–संस्थापक विवेक भण्डारीले गर्नैछन् ।

यस सेसनको प्यानेलिस्टको रुपमा स्कुल अफ इन्जिनियरिङ, काठमाडौं विश्वविद्यालयका डिन डा मनिष पोखरेल, आर्टिफिसियल इन्टेलिजेन्सका मानद अध्यक्ष, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय, सीईओ/मुख्य वैज्ञानिक/सह–संस्थापक डा सुरेश मानन्धर तथा प्रेसिडेंशियल बिजनेस स्कूलका प्रिन्सिपल कल्पना गुरुङ रहेका छन् ।

दोस्रो सेसन इमर्जिंग होराइजन्सः अनलकिंग द फ्युचर ट्रेन्ड अफ आइटी, ट्रान्सफरमिंग नेपाल्स आइटी रहेको छ । यस सेसनको सञ्चालन रुम्सानका प्रबन्ध निर्देशक, रुचिन सिंहले गर्नेछन् । यसैगरी कार्यक्रमको प्यानेलिस्टको रुपमा फेसेट टेक्नोलोजीका एआइ परामर्शदाता हिमालय कक्षपति, आईटी सुरक्षा र नीति सल्लाहकार कुमार पुडासाइन पाराकास्मा इन्का एआर भिआरका निर्देशक शीतल महर्जन रहेका छन् ।

तेस्रो तथा अन्तिम सेसन ट्रान्सफरमिंग नेपाल्स आइटी ल्याण्डस्केप : द पावर अफ आउटसोर्सिंग रहेको छ । यस सेसनको सञ्चालन माइन्डसेट क्यूबका संस्थापक राजन कोइरालाले गर्नेछन् । यसैगरी प्यानेलिस्टमा एमओसिआइटीका संयुक्त सचिव अनिल कुमार दत्त, नास आइटीका अध्यक्ष रिचन श्रेष्ठ, लिपफ्रग टेक्नोलोजी इन्कका ग्लोबल अपरेसन एसभीपी कैलाश विजयानन्द रहेका छन् ।