कीवर्डहरू -

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

सुनैना घिमिरे पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान

वुमन आइकन आइसिटी अवार्ड २०२३ सुनैना घिमिरे पाण्डेलाई प्रदान गरिएको छ । शुक्रबार द सोल्टी काठमाडौंमा आयोजना भएको अपग्राड आइसिटी अवार्ड २०२३ इन एशोशिएसन विथ इन्ड्राइभको ग्राण्ड फिनाले कार्यक्रममा पाण्डेलाई एनसेल वुमन आइकन आइसिटी अवार्ड २०२३ प्रदान गरिएको हो ।

नेपालको सूचना प्रविधि क्षेत्रमा क्रियासिल रहेर उल्लेख्य योगदान पुर्याएका महिलालाई यो अवार्ड प्रदान गरिन्छ । उक्त अवार्ड यो वर्ष सूचना प्रविधि क्षेत्रमा लामो समयदेखि काम गरिरहेकी पाण्डेले प्राप्त गरेकी हुन् । 

एनसेल वुमन आईकन विजेतालाई ३ लाख रूपैयाँ नगद प्रदान गरिएको छ । जनरल टेक्नोलोजीकी प्रबन्ध निर्देशक हुन, सुनैना घिमिरे पाण्डे । सूचना प्रविधिको क्षेत्रमा २५ वर्षभन्दा लामो अनुभव बटुलेकी उनले क्यान महासंघमा सचिव, महासचिव र पहिलो महिला उपाध्यक्ष भएर समेत काम गरिसकेकी छन् । 

विन्डोज एक्सपीको नेपाली भर्सनमा काम गर्नुका साथै आईसीटी बिलको ड्राफ्टमा पनि सघाएकी उनले राष्ट्रिय आईसीटी अवार्डको जुरी भएर समेत काम गरिसकेकी छन् । 

दुई दशकदेखि नेपालको सूचना प्रविधि क्षेत्रमा योगदान दिदै आएकी पाण्डे महिलालाई सूचना प्रविधिमा प्रेरित गर्न र स्वदेशमै अवसरको सिर्जना गर्न लागिरहेकी छन् । 

भविष्यमा जनरल टेक्नोलोजीमार्फत विदेशमा सेवा प्रवाह गरेर देशमै रोजगारी सिर्जना गर्ने पाण्डेको उद्देश्य रहेको छ ।