कीवर्डहरू -

वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै

वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै

अनलाइनमा वेबसाइट र मोबाइल एप डेभलबमेन्ट सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनीले ७-७ दिन वेबसाइट र मोबाइल एप डेभलपमेन्ट तालिम दिने भएको हो ।

सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यबसायलाइ अनलाइनमा लैजान वेबसाइट र मोबाइल एप निर्माण गर्ने र सञ्चालन गर्ने होड चलिरहेको बेला यस्तो तालिम ल्याएको ‘ईकमर्श साथी’का प्रमुख कार्यकारी अधिकृत सीईओ विजय कुमालले बताए ।

सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् ।

सोही कुरालाई ध्यानमा राख्दै निःशुल्क वेबसाइट डिजाइन तालिम आयोजना गर्न लागिएको कम्पनीले जनाएको छ । आधारभूत वेबसाइट डिजाइन तालिम आगामी २७  बैशाखदेखि सुरु हुने आयोजक कम्पनीका सञ्चालक विजय कुमालले जानकारी दिए । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्ने उनले बताए ।  

वेबसाइट डेभलबमेन्ट कक्षामा आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्डप्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल-टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइने कम्पनीले जनाएको छ । मोबाइल एप्प डेभलपमेन्टतर्फ Basic Dart र Flutter बारे सिकिने र केही प्रोजेक्टहरु कक्षामा रियल-टाइम बनाउन सिकाइने कुमाले बताए ।  

अहिलेको समयमा नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट र एप्प पनि सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ । त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइट एप्पको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइट र एपबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको जानकारी दिए । 

जुमबाट हुने तालिममा सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । वेबसाइट डेभलबमेन्ट तालिम हरेक दिन बेलुकी ७ बजेदेखि ८ बजेसम्म चल्नेछ र मोबाइल एप्प डेभलबमेन्टतालिम हरेक दिन बेलुकी ८:४५ बजेदेखि १०:००  बजेसम्म चल्नेछ ।

तालिममा जोडिन चाहनेहरूका लागि जुम आईडी उपलब्ध गराइने छ । वेबसाइट डेभलपमेन्ट तालिममा सहभागी हुन यहाँ र एप डेभलपमेन्ट तालिममा सहभागी हुन यहाँ क्लिक गरी फाराम भर्न सकिने छ ।