काठमाडौं । काठमाडौंमा जारी सातौँ संस्करणको स्टार्टअप एन्ड आइडिया फेस्टको दोस्रो दिनको पहिलो सत्रमा अन्तरिक्ष प्रविधि र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को सम्भावनाबारे विशेष सम्मेलन आयोजना गरिएको छ ।
सम्मेलनमा स्पेस रिसर्च सेन्टर, नास्टका एस्ट्रोफिजिसिस्ट डा. रमेश कोइरालाले मुख्य वक्ताका रूपमा प्रस्तुति दिएका छन् । उनले आइसक्युब न्युट्रिनो अब्जर्भेटरी (IceCube Neutrino Observatory) तथा अन्तरिक्ष अनुसन्धानमा यसको महत्त्वबारे जानकारी गराएका छन् ।
‘द क्युबिक किलोमिटर टेलिस्कोप बिहाइन्ड द २०२६ नोबेल प्राइज इन फिजिक्स’ शीर्षकमा केन्द्रित सम्मेलनमा आइसक्युब न्युट्रिनो अब्जर्भेटरीको वैज्ञानिक महत्त्व, अन्तरिक्ष अनुसन्धान र अत्याधुनिक प्रविधिको भूमिकाबारे चर्चा गरिएको छ ।

अन्तरिक्ष विज्ञान, एआई तथा नयाँ प्रविधिमा रुचि राख्ने विद्यार्थी, युवा उद्यमी, अनुसन्धानकर्ता र प्रविधि प्रेमीलाई लक्षित गरी सम्मेलन आयोजना गरिएको आयोजकले जनाएको छ ।
स्टार्टअप एन्ड आइडिया फेस्टको दोस्रो दिनको पहिलो सत्रमा आयोजना गरिएको यस सम्मेलनले नेपाली युवा तथा नवप्रवर्तकलाई अन्तरिक्ष विज्ञान र प्रविधिका नयाँ सम्भावनाबारे जानकारी गराउनुका साथै अनुसन्धान तथा नवप्रवर्तनतर्फ प्रेरित गर्ने अपेक्षा गरिएको छ ।
आईसीटी समाचार