कीवर्डहरू -

महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न

महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न

शिक्वल फाउन्डेसनले महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न गरेको छ ।

सशक्त नेपालका लागि ह्याकिङ थिममा आयोजना भएको ह्याकाथनमा प्रविधिको क्षेत्रमा रुची भएका विविध समूहबाट ६० बढी महिलाहरूको सहभागीता रहेको थियो ।

तीन दिनसम्म सञ्चालन भएको ह्याकाथनमा महिलाहरूले आफ्नो रचनात्मकता र तकनिकी क्षमतासँगै निरन्तर कोडिङ्ग गर्दै उत्कृष्ट समाधानहरू विकसित गरेका थिए ।

कार्यक्रमलाई टेस्लाटेक नेपाल, संयुक्त राज्य अमेरिका दूतावास, नेपाल र संयुक्त राष्ट्र महिला संस्थाको सहयोग रहेको थियो । 

ह्याकाथनले कौशल विकास र सहयोगको लागि एक मंच प्रदान गर्ने र सशक्तिकरणको जोड दिने फाउन्डेसनले जनाएको छ । 

ह्याकाथनमा एन्जल डिटेक्सनबाट फिजियो प्रक्रिया गर्ने आईडिया भएको फिजिओ नेपले टिमले नगद १ लाख रूपैयाँसहित विजयी भएको थियो भने पहिलो रनरअपमा पोषण सम्बन्धि आईडिया भएको टिम पोषण साथीले नगद ७५ हजार रूपैयाँ  र सर्भिक्स प्रकारको पहिचान गर्ने आईडियामा काम गरेको टिम लेडीबग्सले ५० हजार रूपैयाँसहित दोस्रो रनरअप भएको थियो ।

ह्याकाथनमा विभिन्न कार्याशाला, नेटवर्किङ अवसर, विज्ञसँग अन्तर्क्रिया लगायतका गतिविधि गरिएको थियो । 

कार्यक्रमको बारेमा शिक्वल फाउन्डेसनकी संस्थापक तथा सह-प्रबन्ध निर्देशक आस्था शर्माले प्रविधिमार्फत महिलाहरूलाई सशक्तिकरणका साथै सहयोगी र सिकाइको वातावरण तयार गरेको बताइन । 

समावेशी र समतामूलक भविष्यको लागि मार्ग प्रशस्त गर्ने,  प्राविधिक उद्योगमा लैङ्गिक विविधता र सशक्तिकरणको ड्राइभिङ शेक्वल फाउन्डेसनको मिशनको अभिन्न अंग रहेको समेत उनको भनाइ छ ।