कीवर्डहरू -

नास आईटीको नेतृत्वमा १४ नेपाली आईटी कम्पनी लण्डन टेक विकमा सहभागी हुँदै

नास आईटीको नेतृत्वमा १४ नेपाली आईटी कम्पनी लण्डन टेक विकमा सहभागी हुँदै

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले १० जुनदेखि १४ जुनसम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा सहभागीता जनाउने भएको छ ।

विश्वकै ठूलो मध्येको एक प्रविधि प्रदर्शनी लण्डन टेक विकमा नास आईटीको नेतृत्वमा १४ कम्पनीहरू सहभागी हुने भएका हुन् । 

टेक विकमा अम्निल टेक्नोलोजी, ईके सोलुसन्स, इमिनेंस वेज, जेनेस सोलुसन, इन्ग्रेल्स, जास्पर आईटी, नियो सफ्टवेयर, क्विकफक्स कन्सल्टिङ, क्विकफक्स टेक्नोलोजी, रारा ल्याब्स, टेकक्राफ्ट इंक, त्रिलोक्य टेक्नोलोजी, येलो नेपाल र योङ इनोभेसन्स सहभागी हुँदैछन् ।

यी कम्पनीहरूले एआई, ई-कमर्स विकास, हेल्थकेयर आईटी, फिनटेक, आरपीए, कस्टम सफ्टवेयर डेभलपमेन्ट डेभअप्स, साइबर सेक्युरिटी जस्ता विभिन्न प्रकारका सेवाहरूको शोकेस गर्नेछन् । 

युएसएआईडीसँगको सहकार्यमा नास आईटी लन्डन टेक विकमा जान लागेको हो । यो सहभागीता नेपालको प्रविधि उद्योगको लागि एक ऐतिहासिक क्षण भएको नास आईटीले जनाएको छ । 

विकमा सहभागू  भएर नेपालको आईटी क्षेत्र प्रवर्द्धन गर्न सम्भावित लगानीकर्ता, साझेदार, र सहयोगीहरूसँग अन्तरक्रिया गर्ने नास आईटीको भनाइ छ ।

नास आईटीले अन्तर्राष्ट्रिय आईटी प्रदर्शनीहरूमा सहभागी हुने व्यवस्था सरकारले गर्नुपर्ने माग गर्दै आएको छ ।