कीवर्डहरू -

इभेन्ट

कान्तिपुर इन्जिनियरिङ कलेजमा ‘केइसी लाइट २०२४’ सम्पन्न

कान्तिपुर इन्जिनियरिङ कलेज, धापाखेल, ललितपुरमा केइसी लाइट २०२४ आयोजना भएको छ । फागुन ९ र १० गते कान्तिपुर इन्जिनियरिङ कलेज इन्टर कलेज प्रविधि प्रदर्शनी भएको हो । 

केइसी लाइट २०२४ मा रोबो सकर, रोबो सुमो, रोबो रेस, लाइन फलोइङ रोबोट, प्राविधिक क्विज, इस्पोर्ट्स, शेक टेबल, सर्भे कम्पिटिसन, र आक्रमण र रक्षा जस्ता विभिन्न प्रतियोगिताहरू भएका थिए । 

यस बाहेक प्रदर्शनीमा रोबोटिक्स, कम्प्युटर र सिभिल इन्जिनियरिङका परियोजनाहरूका साथै प्लस टु विद्यार्थीका परियोजनाहरू पनि राखिएको थियो । मेलामा ४० बढी परियोजना प्रदर्शनीमा रहेका थिए । 

प्रदर्शनीको अतिरिक्त, करियर कनेक्ट सञ्चालन भएको थियो, जहाँ रोजगार खोज्नेहरूले एक्सपोमा सीधा आफ्नो सिभी दिन सक्ने व्यवस्था गरिएको थियो । करियर कनेक्टमा २३ कम्पनीहरू सहभागी भएका थिए । 

कान्तिपुर इन्जिनियरिङ कलेजले केइसी लाइट २०२४ को प्रि इभेन्टको रूपमा २ दिने ह्याक अ लाइट समेत सम्पन्न गरेको थियो । यसमा १२ टिम सहभागी भएका थिए । 

सहभागी १२ टिमध्ये विजेता ३ टिमलाई पुरस्कार समेत प्रदान गरिएको छ । काठमाडौं विश्वविद्यालयको क्रिपल्स विजेता भएको छ । क्रिपल्सले २५ हजार नगद पुरस्कारसहित इभल्भ आईटी हब नेपालबाट १ लाख बराबरको प्रोफेसनल तालिम सुविधा प्रदान गरेको छ । 

यस्तै चितवनको वीरेन्द्र मल्टिपल क्याम्पसको टिमले १२ हजार ५०० नगदसहित स्किल स्पार्कबाट १ लाख बराबरको छात्रवृत्ति सुविधा प्राप्त गरेको छ । 

त्यसैगरी काठमाडौं विश्वविद्यालयको टिम सोर्स कोडले पनि १२ हजार नगद पुरस्कार प्राप्त गरेको छ । विजेता ३ वटै टिमलाई आन्ट्रप्रेनरसीप हबबाट वान टु वान मेन्टरशीप सुविधा पाउने छन् ।  
 

इभेन्ट

निमा एजुकेसनको राष्ट्रिय रोबोटिक्स, कोडिङ र एआई प्रतियोगिता कोडेभर सम्पन्न

निमा एजुकेसन फाउन्डेसनले आयोजना गरेको कक्षा ४ देखि १२ सम्मका विद्यार्थीका लागि नेपालको सबैभन्दा ठुलो राष्ट्रिय स्तरको कोडेभर प्रत…

युनाइटेड एकेडेमीले रोबो फेस्ट आयोजना गर्दै

युनाइटेड एकेडेमीले युनाइटेड रोबो फेस्ट २.० आयोजना गर्ने भएको छ । आगामी फागुन २१ गते ललितपुरको कुमारीपाटी स्थित युनाइटेड एक…

क्यान इन्फोटेक हेर्न कलाकारदेखि नेतासम्म पुगे, सूचना प्रविधिलाई राष्ट्रिय प्राथमिकतामा राख्नुपर्नेमा जोड

राजधानीको भृकुटीमण्डमा माघ २५ देखि जारी ‘एस पावर क्यान इन्फोटेक २०२४ इन एसोसिएसन विथ एचएमसी दहुआ’ मा प्रविधिप्रे…

नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू

रोबोटिक्स एशोशिएसन नेपालले आयोजना गरेको नेपालको सबैभन्दा ठूलो रोबोटिक्स प्रतियोगिता यन्त्र सुरू भएको छ । काठमाडौंको दशरथ रंगश…

शनिबार कसमस कलेज हल्ट प्राइजको फाइनल

शनिबार कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी हल्ट प्राइजको फाइनल कार्यक्रम हुने भएको छ । कोटेश्वरको एवान भेन्यूमा सञ्चालन…

हल्टप्राइज एट आइओइ २०२४ का ११ फाइनालिस्ट छनोट

हल्ट प्राइज एट आईओटीले ११ जना फाइनालिस्ट छनोट गरेको छ । फेब्रुअरी ३ मा हिमालयन कलेज अफ इन्जिनियरिङमा आयोजना भ…

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सूचना प्रविधि कम्पनी स्पाइरलोजिक्सले स्पाइरथन २०२४ आयोजना गर्ने भएको छ । ‘पब्लिक डेटा इन्नोभेसन’ नाराहित स्पाइरथन २०…

भोलिदेखि पाँच दिने एस पावर क्यान इन्फोटेक २०२४ सुरू हुँदै, यस्ता छन् आकर्षण

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक बिहीबारदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्रदर्…

बिजनेस आईडिया प्रतियोगिता गर्दै एनवाईईएफ, यसरी हुनुहोस् सहभागी

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) ले बिजनेस आईडिया प्रतियोगिता गर्ने भएको छ । नयाँ नयाँ आईडियालाई प्लेटफर्म दिने उद्देश्यले एनव…

माघ २५ गतेदेखि एस पावर क्यान इन्फोटेक, नेपाली स्टार्टअप तथा इन्नोभेसनलाई निःशुल्क स्टल

२९ औं संस्करणको एस पावर क्यान इन्फोटेक माघ २५ गतेदेखि सुरू हुने भएको छ । मेला माघ २५ देखि २९ सम्म काठमाडौंको भृकुटीमण्डपमा प्…

माघ १३ गते हेटौडामा टेक मिटअप हुँदै

माघ १३ गते हेटौडामा टेक मिटअप हुने भएको छ । डेभ कम्युनिटी नेपालले तेस्रो संस्करणको टेकमिट अप हेटौडामा गर्न लागेको हो । …

फागुन २३ र २४ गते काठमाडौं विश्वविद्यालयमा २ दिने इपेक्स आयोजना हुँदै

काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …

भोलिदेखि पुलचोक क्याम्पसमा ३ दिने प्रविधि मेला, डिजिटल रूपान्तरणमा सघाउने प्रोजेक्ट प्रदर्शनी हुने

माघ १२, १३ र १४ गते ललितपुरको इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुलचोक क्याम्पस राष्ट्रिय प्रविधि मेला लोकस आयोजना हुने भएको छ …

गल्ली म्याप्सले जित्यो एनवाईईएफ स्टार्टअप अवार्ड्स

नेपाल युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको एनवाईईएफ स्टार्टअप अवार्ड्समा नेपालको आफ्नै म्यापिङ एप गल्ली म्य…

पोखरामा सुरू भयो २ दिने वर्डक्याम्प नेपाल

पोखरामा दुई दिने वर्डक्याम्प नेपाल सुरू भएको छ । शुक्रबारदेखि शनिबारसम्म चल्ने २ दिने वर्डक्याम्प नेपाल होटल पोखरा ग्रान्डमा सुरू …