कीवर्डहरू -

इभेन्ट

वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी

वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनीले ७–७ दिने वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी तालिम दिन लागेको हो ।
    
सूचना प्रविधिको विकाससँगै पछिल्लो समय व्यवसायलाई अनलाइनमा लैजाने र व्यक्तिगत वेबसाइटसमेत बनाउने क्रम बढ्दै जाँदा वेबसाइट डेभलपरहरु उत्पादन गर्नको लागि तालिम आयोजना गरिएको ‘ईकमर्श साथी’का प्रमुख कार्यकारी अधिकृत सीईओ विजय कुमालले जानकारी दिए । 

वेबसाइट डेभलपमेन्टका साथै युएक्स/युआई सम्बन्धी तालिम पनि एकसाथ सुरु गरिँदैछ । वेबसाइट निर्माण गर्नुपूर्व वेबसाइटको पूर्ण नक्सा बनाउने कामलाई प्राविधिक भाषामा युएक्स/युआई भन्ने गरिन्छ । युएक्स/युआई अन्तर्गत कलर मनोविज्ञान, डिजाइन थिंकिङ प्रक्रिया, प्रोटोटाइपिङ, एनिमेसन, पियर मूल्यांकन, परियोजना प्रदर्शनी बारे सिकाइनेछ । 

नेपालमा वेबसाइट बनाउनुपूर्व कस्तो डिजाइन गर्ने, कुन कुन रङ प्रयोग गर्ने, कसरी पाठकमैत्री बनाउने भन्नेबारे पूर्व योजना बनाउने अभ्यास खासै नभएकाले त्यस्तो अभ्यासलाई जोड दिन युएक्सयुआई डिजाइन तालिम दिन लागिएको कम्पनीले जनाएको छ ।

आगामी असार ३१ गतेबाट तालिम सुरु हुँदैछ । तालिम साँझ ७ बजेबाट सुरु हुने बताइएको छ । सूचना र प्रविधिको विकाससँगै व्यक्तिगत तथा व्यावसायिक वेबसाइट बनाउने क्रम पनि बढ्दैछ । आफ्नो व्यक्तिगत वा व्यावसायिक वेबसाइट निर्माण गर्ने तथा आफैंले व्यवस्थापन गर्न धेरैले रुचि पनि राख्ने गरेका छन् । 

यस्ता रुचि हुनेहरुलाई ध्यानमा राखेर वेबसाइट डेभलबमेन्ट कक्षामा आधारभूत तालिममा डोमेन रजिस्ट्रेसन, होस्टिङ, निःशुल्क डोमेन रजिस्ट्रेसन गर्ने तरिका, वर्ड प्रेस इन्स्टल, सेटिङ, फ्रि थिम र प्लगिन प्रयोग गरी ‘रियल–टाइम पर्सनल प्रोजेक्ट डेभलपमेन्ट’को काम सिकाइने कम्पनीले जनाएको छ । तालिममा इच्छुक जोकोहीले सहभागिता जनाउन सक्नेछन् ।

अहिलेको समयमा नयाँ व्यवसाय, समाचार माध्यम, फर्म आदि संस्थाहरू दर्ता हुनुका साथै वेबसाइट सञ्चालन गर्ने प्रचलन बढ्दै गइरहेको छ । त्यस्ता वेबसाइट बनाउन लगाउँदा संस्थाका व्यक्तिहरूलाई वेबसाइटको सामान्य ज्ञानसमेत नहुँदा धेरै ठगिने गरेको बताउँदै सञ्चालक कुमालले वेबसाइटबारे आधारभूत ज्ञान प्रदान गराउने उद्देश्यले निःशुल्क तालिम सञ्चालन गर्न लागिएको बताए ।

जुमबाट हुने तालिममा सय जनाको मात्रै क्षमता भएकाले अन्य इच्छुकले विजय कुमालको युट्युब च्यानलबाट प्रत्यक्ष प्रसारण हेर्न सक्ने व्यवस्था मिलाइएको छ । प्रशिक्षक विजय कुमालले वेबसाइट डेभलपमेन्टसम्बन्धी तालिम प्रदान गर्नेछन् भने सिद्धार्थ द्विवेदीले युएक्स/युआई सम्बन्धी ज्ञान प्रदान गर्नेछन् । तालिममा सहभागीलाई सर्टिफिकेटसमेत उपलब्ध गराइनेछ भने एडभान्स तालिम लिन इच्छुकलाई निश्चित सीटमा भर्ना लिएर सिकाइनेछ ।

निःशुल्क तालिममा जोडिन चाहनेहरूका लागि निम्न गुगल फर्म भर्नुपर्नेछ । यहाँ क्लिक गरी फर्म भर्नुहोस् ।साथै युट्युबमार्फत प्रत्यक्ष सहभागी हुन यहाँ क्लिक गर्नुहाेस् ।

इभेन्ट

कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?

काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।…

असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै

असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेल…

डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै

सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस …

एनएफटी र आर्टमा एक्सक्लुसिभ भर्चुअल कार्यक्रम हुँदै, यसरी हुनुहोस् सहभागी

ब्लकचेन कम्युनिटी नेपालले एनएफटी एण्ड आर्टमा एक्सक्लुसिभ भर्चुअल इभेन्ट गर्ने भएको छ । आगामी १४ जुनमा ‘द इन्टरसेक्सन अफ आर्ट एण्ड ब्लकचेनः हाउ एनएफटिज आर …

डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न, डिजिटलाइजेसन र विकासमाथि वृहत छलफल

आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेका तेस्रो संस्करणको डिजिटल नेपाल कन्क्लेभ २०२४ सम्पन्न भएको छ । गत शुक्रबार काठमाडौंको म्यारि…

नास आईटीको नेतृत्वमा १४ नेपाली आईटी कम्पनी लण्डन टेक विकमा सहभागी हुँदै

नेपाल एशोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले १० जुनदेखि १४ जुनसम्म आयोजना हुने लण्डन टेक विक २०२४ मा स…

शुक्रबार डिजिटल नेपाल कन्क्लेभ २०२४ आयोजना हुँदै, डिजिटलाइजेसन र विकासको तालमेलमा केन्द्रित हुने

यही जेष्ठ २५ गते शुक्रवार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुदैछ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल ने…

ह्वावे ‘सिड्स फर द फ्युचर नेपाल’को आवेदन खुला

ह्वावेद्वारा आयोजित, ‘सीड्स फर द फ्युचर नेपाल २०२४’ कार्यक्रमको दर्ता खुलेको छ । स्नातक तहका विद्यार्थीहरूले www.seed…

डिजिटल नेपाल कन्क्लेभमा डिजिटल प्रडक्ट, परियोजना र इनिसियटिभ्सहरू प्रदर्शनी गर्न सकिने

आगामी जेठ २५ गते काठमाडौंको म्यारियट होटलमा आयोजना हुने डिजिटल ने…

आईटीमा रूची भएका केटीहरूलाई लक्षित गर्दै अल गर्ल्स मिटअप हुँदै

आगामी जेठ १३ गते आईतबार काठमाडौंमा पहिलो अल गर्ल्स मिटअप हुने भएको छ । सूचना प्रविधिको क्षेत्रमा रूची भएका केटीहरूलाई लक्षित …

महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न

शिक्वल फाउन्डेसनले महिला मात्र सहभागी भएको नेपालको सबैभन्दा ठूलो ह्याकाथन सम्पन्न गरेको छ ।

सनवे कलेजले पाँच दिने निःशुल्क एआई वर्कशप आयोजना गर्दै, यसरी हुनुहोस् सहभागी

सनवे कलेजले एआईमा निःशुल्क पाँचदिने वर्कशप दिने भएको छ । कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरूलाई लक्षित गर्दै कलेजले एआ…

वेबसाइट र मोबाइल एप डेभलपमेन्ट सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै

अनलाइनमा वेबसाइट र मोबाइल एप डेभलबमेन्ट सम्बन्धी अनलाइन तालिम हुने भएको छ । ‘ईकमर्स साथी’ प्रालि नामक कम्पनी…

डिजिटल नेपाल कन्क्लेभको तेसो संस्करण जेष्ठ २५ गते आयोजना हुने

जेष्ठ २५ गते शुक्रबार डिजिटल नेपाल कन्क्लेभको तेस्रो संस्करण आयोजना हुने भएको छ । आइसिटी फाउण्डेसन नेपालले आयोजना गर्ने डिजिटल …

बिहीबार नेशनल आईसीटी दिवस, यी सात विधामा अवार्ड प्रदान गर्दै सरकार

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले वैशाख २० गते बिहीबार राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि पुरस्कार (नेसनल आईसीटी अवार्ड) वितरण…