इभेन्ट
नबिल बैंकको नबिल एसएसई फेलोशिपको आवेदन खुला, यसरी दिनुहोस् अनलाइन आवेदन
नबिल बैंकले नबिल स्कुल अफ सोसल आन्टरप्रेनरसीप फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो ।
सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् । बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरुका लागि निशुल्क तालिमको लागि आवेदन खुला गरेको हो ।
इच्छुक व्यक्तिहरूले यहाँ क्लिक गरेर उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैंकले जनाएको छ । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।
यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।
हालसम्म, नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।
यस कार्यक्रमका सहभागी फेलोहरुले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरुको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैंकले जनाएको छ । साथै उद्यमीहरुको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरुबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्व अझै थप बढेको महशुस बैंकले गरेको छ ।
इभेन्ट
एआई,रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी प्रदर्शनी टेक एक्स २०२४ साउन १५ गतेदेखि हुने
सूचना प्रविधिका विद्यार्थीले निर्माण गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई), रोबोटिक्स र साइबर सेक्युरिटीसम्बन्धी परियोजनाहरुको प्रदर्…
क्यान महासंघको आयोजनामा भएको होरिअन बीटूबी समिट २०२४ सुरू
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) आयोजना गरेको ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल&r…
साउन ११ गते होरिअन बीटूबी समिट २०२४ हुँदै
कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) को आयोजनामा यही साउन ११ गते शुक्रबार ‘होरिअन बीटूबी समिट २०२४ इन एसोसिएसन विथ बार कोड नेपाल…
नास आईटी अवार्ड २०२४ को लागि आवेदन खुला, यस्तो छ आवेदन दिने तरिका
नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (नास आईटी) ले नास आईटी अवार्ड २०२४ को आयोजना गर्ने भएको छ ।
…सुरू भयो नवौं आइसिटी अवार्डको अनलाइन नोमिनेशन, यी हुन् आवेदन दिने अवार्डका १४ विधाहरू
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित प्रविधि अवार्डको रूपमा परिचित आइसिटी अवार्डको नवौं संस्करणको लागि अनलाइन नोमिनेसन (…
एनसीआईटी कलेजका विद्यार्थीले तयार पारेका आईटी परियोजनाहरू (भिडिओसहित)
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा विद्यार्थीले बनाएका परियोजनाहरू प्रदर्शनी भएका छन् ।
एनसीआईटी कलेजमा आज विद्यार्थीले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुँदै
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिबार असार २९ गते विद्यार्थीहरूले बनाएका आईटी परियोजनाहरू प्रदर्शनी हुने भए…
हाइपर्स र बिमस्टार्टको सहकार्यमा साउन १८ गते आन्ट्रप्रेनर्स ग्यादरिङ हुँदै, कसरी हुने सहभागी ?
आगामी साउन १८ गते अर्थात अगष्ट २ मा हाइपर्स र बिमस्टार्टको सहकार्यमा ‘आन्ट्रप्रेनर्स ग्यादरिङ’ नेपाल का…
वेबसाइट डिजाइन र युएक्स/युआई सम्बन्धी निःशुल्क अनलाइन तालिम हुँदै, यसरी हुनुहोस् सहभागी
वेबसाइट डेभलपमेन्ट र युआई/युएक्स सम्बन्धी निशुल्क अनलाइन तालिम हुने भएको छ । पोखराको ‘ईकमर्स साथी’ प्रालि नामक कम्प…
विभिन्न ८ विधामा अवार्ड प्रदान गर्दै नेपाल इन्जिनियर्स एशोसिएसन, आवेदन दिन अनुरोध
नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ८ विधामा अवार्ड प्रदान गर्ने भएको छ । ६२ औं इन्जिनियर दिवसको एशोसिएसनले इन्जिनियरिङ /आर्किट…
हुवावे नेपाल र युनेस्कोद्वारा युवाहरूलाई सशक्त बनाउन एआई सम्बन्धी कार्यशाला आयोजना
हुवावे नेपालले युनेस्कोसँगको सहकार्यमा पुल्चोक ललितपुर स्थित संयुक्त राष्ट्र संघको कार्यालयमा एआई र ईथिक्स सम्बन्धी कार्यशाला…
नेपाली सेनालाई डिजिटल वित्तीय साक्षरता प्रदान
वित्तीय साक्षरतामा काम गरिरहेको कम्पनी वित्तीय सल्लाहले नेपाली सेना…
कुसोम आईएससीले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न, को को भए विजेता ?
काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टको इन्फर्मेसन सिस्टम क्लब (कुसोम आईएससी) ले आयोजना गरेको आईएस ह्याकाथन सम्पन्न भएको छ ।…
असार ५ गते स्टाफ कलेजमा वैज्ञानिक सम्मेलन हुँदै
असार ५ गते एनवाईसी वैज्ञानिक सम्मेलन हुने भएको छ । राष्ट्रिय युवा परिषद्ले रोबोटिक्स एशोशिएसन नेपालको सहकार्यमा वैज्ञानिक सम्मेल…
डब्लुआईआईटीले शुक्रबार साइबर सेक्युरिटी ह्याकाथन आयोजना गर्दै
सूचना प्रविधि महिला (डब्लुआईआईटी) ले साइबर सेक्युरिटी ह्याकाथन गर्ने भएको छ । जेठ ३२ गते काठमाडौंको हिमालयन ह्वाइट हाउस …