इभेन्ट
माघ २४ देखि भृकुटीमण्डपमा क्यान इन्फोटेक, राष्ट्रिय परिचयपत्रको इनरोलमेन्ट पनि गर्न सकिने
आउँदो माघ २४ देखि २८ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा हुने ३०औं संस्करणको क्यान इन्फोटेक २०२५ तयारी अन्तिम चरणमा पुगेको छ । आइतबार पत्रकार सम्मेलन गर्दै आयोजक कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ)ले यसबारे जानकारी दिएको हो ।
सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ-नयाँ प्रविधिको प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक रणनीति निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यले हरेक वर्ष क्यान इन्फोटेक आयोजना हुँदै आएको छ ।
३०औं क्यान इन्फोटेकको मुख्य प्रायोजकमा एचएमसी नेपाल हिक्सेमी र सह-शीर्ष प्रायोजकमा मर्कन्टाइल अफिस सिस्टम रहेको छ । प्रायोजनका आधारमा यस बृहत् सूचना सञ्चार प्रविधि प्रदर्शनीको आधिकारिक नाम ‘एचएमसी नेपाल हिक्सेमी क्यान इन्फोटेक २०२५ इन एसोसिएसन विथ मर्कन्टाइल अफिस सिस्टम (HMC Nepal HIKSEMI CAN Info-Tech 2024 in association with Mercantile Office Systems) रहेको छ ।
त्यस्तै क्यान इन्फोटेक २०२५ को गोल्ड स्पोन्सरमा नेबुला मोबिलिटी प्रालि (गोगोरो), सिल्भर स्पोन्सरहरूमा एस-पावर बीपीई प्रालि र अनलिमिटेड टेक्नोलोजी प्रालि (ज्याप) रहेका छन् ।
प्रदर्शनीको टिकेटिङ पार्टनरमा टिकट सञ्जाल, इन्टरनेट पार्टनरमा वर्ल्डलिंक कम्युनिकेसन्स प्रालि, एसएमएस पार्टनर जानकी टेक्नोलोजी प्रालि, डिजिटल एड्रेस पार्टनरमा एड्रेसग्राफ नेपाल प्रालि (कताहो) र इनर्जी पार्टनरमा एग्जिबिसन लाइट हाउस रहेका छन् ।
प्रर्दशनीलाई सफल पार्न देशभित्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, सूचना प्रविधि विभाग, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल उद्योग परिसंघ, ठकराल वन नेपाल प्रा. लि., म्याक्स इन्टरनेशनल, नागमणि इन्टरनेशनल प्रा. लि., मेगाटेक ग्रुप, हाइ-टेक इन्जिनियरिङ प्रा. लि. (डिजिकम), पाइन ओबरसिज प्रा. लि., सुबिसु केबलनेट प्रा. लि. लगायतका संस्थाले सहयोग गरेका छन् । त्यस्तै अन्तर्राष्ट्रिय रूपमा विट्सा (World Innovation, Technology and Services Alliance- WITSA), असोसियो (Asian-Oceanian Computing Industry Organization- ASOCIO), टीओए सफ्टवेयर कर्प (Toa Software Corp.) लगायत को सहयोग रहेको छ ।
नेपालको प्रविधि क्षेत्रमा भइरहेको विकास र विस्तारलाई क्यान इन्फोटेकले झल्काउने बताउँदै क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले डिजिटल नेपाल निर्माणमा यसबाट सहयोग पुग्ने बताइन् ।
‘प्रदर्शनीमा राखिने नवीनतम प्रविधि तथा स्थानीय बजारको मागअनुसार विकास गरिएका प्रतिभा र आविष्कारले डिजिटल नेपाल निर्माणको अभियानलाई सहयोग पुग्ने विश्वास लिएका छौं,’ अध्यक्ष पाण्डेले भनिन, 'नेपालको सञ्चार तथा सूचना प्रविधि क्षेत्रको विकासका लागि सरकारसँग नीतिगत पक्षमा नजिकबाट सहकार्य गरिरहेका छौं ।'
क्यान इन्फोटेकको शीर्ष प्रायोजक एचएमसी नेपालले प्रदर्शनीमा मुख्य आर्कषणका रुपमा हाइक सेमी स्टोरेज, हाइकभिजन स्मार्टबोर्ड, डिजिटल साइनेज, डिजिटल कियोस्क, दहुवा सीसीटीभी, वाईफाई क्यामेरा, यूपीएस, मोनिटर, एसर ब्रान्डका ल्यापटपहरु, एप्सन ब्रान्डका प्रिन्टरहरू लगायतकव् विशेष प्रदर्शन गर्नेछ ।
यस पटक क्यान इन्फोटेकको टिकेटिङ पार्टनर टिकट सञ्जाल मार्फत क्यान इन्फोटेकको टिकेट अनलाइनबाट खरिद गर्न सकिने छ । यस अन्तर्गत सर्वसाधारणका लागि रू. १००/- र विद्यार्थीका लागि ५० रूपैयाँ शूल्क तोकिएको छ । जेष्ठ नगरिक, फरक क्षमताका नागरिक, १० वर्ष मुनिका बालबालिका तथा सरकारी र सामुदायिक विद्यालयको सिफारिसमा सामूहिक अवलोकनका लागि नि:शूल्क प्रवेश व्यवस्था छ ।
सूचना तथा सञ्चार प्रविधि प्रदर्शनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्बन्धी कम्पनीहरुको सहभागिता रहने क्यान महासंघका महासचिव चन्द्र विलास भूर्तेलले बताए ।
क्यान इन्फोटेकलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्ने तथा अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउने उनको भनाइ छ । प्रर्दशनी सूचना प्रविधि सम्बन्धी चासो राख्नेहरुको लागि यस क्षेत्रमा भएका विकास तथा प्रयोगका बारेमा जानकारी लिने विशेष थलो हुने क्यानको विश्वास छ ।
क्यान इन्फोटेकले सूचना तथा सञ्चार प्रविधि क्षेत्रका कम्पनीहरुलाई आफ्नो बजार विस्तार गर्ने, ग्राहकका आवश्यकता थाहा पाउने, बजार सर्वेक्षण गर्ने, नयाँ उत्पादनहरु सार्वजनिक गर्ने र ग्राहकसँग आपसी सम्बन्ध स्थापना गर्ने अभूतपूर्व अवसर दिनेछ । इन्फोटेक अवधिभर सूचना प्रविधि सम्बन्धी अन्तर्क्रियात्मक छलफलका कार्यक्रम हुनेछन् ।
क्यान इन्फोटेकमा ब्राण्डिङ, आईसीटी एक्ससरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट-अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, इ-गभर्नेन्स, सूचना प्रविधिमा महिला उद्यमी, वाईफाई तथा इन्टरनेट र लर्निङ सेन्टर तथा राष्ट्रिय परिचय पत्रको इनरोलमेन्ट समेत भृकुटीमण्डपमै रहने गरी तयार थालिएको छ ।
साथै, इन्फर्मेशन सेक्युरिटी रेस्पोन्स टिम नेपाल (एनपीसर्ट) ले साइबर सुरक्षा सहायता डेस्क सञ्चालन गर्दैछ, जसले साइबर सुरक्षा समस्यामा सहजीकरण गर्नेछ । क्यान इन्फोटेकमा एक नवीनतम स्टेम शिक्षण उपकरणका रूपमा अटो सेल्फ ड्राइभिङ कार प्रदर्शनी गरिनेछ, जसले अवलोकनकर्तालाई स्वचालित सवारी प्रणाली, आर्टिफिसियल इन्टेलिजेन्स, सेन्सर टेक्नोलोजी र प्रोग्रामिङ जस्ता अत्याधुनिक विषयहरू बुझाउन मद्दत गर्नेछ ।
त्यस्तै डेटा बट पर्सनल एसिस्टेन्ट एआईले विद्यार्थीहरूलाई डेटा साइन्स, सेन्सर टेक्नोलोजी, आर्टिफिसियल इन्टेलिजेन्स, रोबोटिक्स जस्ता विषयहरू व्यवहारिक रूपमा सिक्न मद्दत गर्नेछ । यसका साथै विद्यार्थीहरूले तयार पारेका एआई र सफ्टवेयरका प्रोजेक्टहरू प्रदर्शनीमा राखिनेछ ।
क्यान इन्फोटेक २०२५ का मा करिब १५० स्टल रहनेछन् । यसमध्ये ९० प्रतिशत अर्थात् १२० बढी स्टल बुकिङ भइसकेको छ । यस संस्करणको इन्फोटेक मेलालाई करिब साढे ३ लाखले अवलोकन गर्ने अपेक्षा छ ।
राजधानीमा माघ २४ देखि ५ दिनसम्म चल्ने इन्फोटेकको प्रादेशिक तथा जिल्ला संस्करणको रुपमा बाँकेमा माघ १० देखि २२ सम्म चलिरहेको छ भने कास्कीमा माघ १० देखि १६ सम्म आयोजना गरिएको थियो । त्यस्तै बर्दियामा मिनी क्यान इन्फोटेक समेत यही माघ ११ देखि २४ सम्म भईरहेको छ भने अन्य शाखाहरुमा पनि छिट्टै गर्नेगरी तयारी हुँदैछ ।
नेपालको सूचना तथा सञ्चार प्रविधि क्षेत्रको ठूलो उत्सवका रुपमा परिचित क्यान इन्फोटेकलाई भव्यताका साथ आयोजना गर्न नेपाल सरकार र मातहतका निकायहरु, सूचना प्रविधि व्यवसायी, नीति निर्माता एवं विज्ञ समूह, शिक्षण संस्था, सञ्चारकर्मी एवं प्रविधिप्रेमी सर्वसाधारणलाई क्यान महासंघले विशेष अनुरोध गरेको छ ।
इभेन्ट
एनवाईईएफ स्टार्टअप अवार्ड सम्पन्न, को को भए विजेता ?
नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरले आयोजना गरेको ग्लोबल आईएमई बैंकद्वारा प्रस्तुत एनवाईईएफ स्टार्टअप अवाड्र्स ४.…
चैत २२ र २३ गते काठमाडौंमा वर्डक्याम्प नेपाल २०२५ हुँदै, किन हुने सहभागी ?
आगामी अप्रिल ४ र ५ तारिख अर्थात चैत २२ र २३ गते काठमाडौंको वर्डक्याम्प नेपाल २०२५ आयोजना हुने भएको छ । वर्डप्रेस तथा समग्र…
आजदेखि एनसीआईटी कलेजमा ‘नस्काथन लाइट’ ह्याकाथन हुँदै, ५० टिमले प्रतिस्पर्धा गर्ने
आइतबारबाट अन्तर-कलेज ह्याकाथन कार्यक्रम ‘नस्काथन लाइट’ हुने भएको छ । आइतबारदेखि सुरू हुने ह्याकाथन सोमबारसम्…
हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल सम्पन्न, पाँच टिम फाइनलमा प्रवेश
हल्ट प्राइज काठमाडौँ विश्वविद्यालयको सेमिफाइनल राउन्ड नेपाल कलेज अफ म्यानेजमेन्ट (एनसीएम) ललितपुरमा सम्पन्न भएको छ ।
…इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सम्पन्न, विभिन्न १५ विधामा अवार्ड वितरण
लिभिङ विथ आइसिटीले आयोजना गरेको नवौं संस्करणको ‘इन्ड्राइभ आइसिटी अवार्ड २०२४ सपोर्टेड बाई एनसे इन एशोशिएसन विथ नेपालपे…
ब्रिटिस कलेजमा माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन हुँदै
पुस ६ गते शनिबार माइक्रोसफ्ट इम्याजिन कप २०२५ आईडियाथन आयोजना हुने भएको छ । आज काठमाडौंको थापाथलिस्थित ब्रिटिस कलेजमा माइक्रो…
इन्ड्राइभ आइसिटी अवार्ड २०२४ को ग्राण्ड फिनाले शुक्रबार, १५ विधामा अवार्ड प्रदान हुने
सूचना तथा सञ्चार प्रविधि क्षेत्रको प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्डको ग्राण्ड फिनाले पुस ५ गते शुक्रबार हुने भएको छ …
माघ ९ र १० गते काठमाडौं विश्वविद्यालयमा २ दिने प्रदर्शनी इपेक्स हुँदै
काठमाडौं विश्वविद्यालयको इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स विभागले हरेक वर्ष आयोजना गर्ने इपेक्स मेला यस वर्ष पनि आयोजना हुने भएको छ …
भिरिञ्ची कलेजमा आइसिटी मेला सुरू, के के छन् आकर्षण ?
मंसिर २० गते बिहीबारदेखि ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची…
बिहीबारदेखि भिरिञ्ची कलेजमा आइसिटी मेला, निःशुल्क अवलोकन गर्न सकिने
काठमाडौं । यही मंसिर २०, २१ र २२ गते ललितपुरको कुमारिपाटीस्थित भिरिञ्ची कलेजमा आइसिटी मेला ५.० हुने भएको छ । भिरिञ्ची कलेज…
भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न
ललितपुरको भिरिञ्ची कलेजमा युआई/युएक्स प्रतियोगिता सम्पन्न भएको छ । आइसिटी मेला ५.० को प्रि इभेन्टको रूपमा सञ्चालन भएको प्रतियोगि…
४८ घण्टे अर्बिट इन्जिनियरिङ ह्याक्स सुरू, ३० टिम सहभागी
सगरमाथा इन्जिनियरिङ कलेमा अर्बिट इन्जिनियरिङ ह्याक्स २.० सुरू भएको छ । ४८ घण्टे यो ह्याकाथनमा सहभागीले विभिन्न आईटीका प्रोजेक्टहर…
नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण हुँदै, प्रत्येक हप्ता आईटी कार्यशाला सञ्चालन हुने
नेशनल साईबर ओलम्पियाडको पाँचौं संस्करण आयोजना हुने भएको छ । प्रशिक्षणको आयोजनामा हुन गइरहेको नेशनल साईबर ओलम्पियाड २०८१…
न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुँदै
ईकमस साथी प्रालिको आयोजनामा न्युज पोर्टल डिजाइनिङ सम्बन्धी १५ दिने अनलाइन तालिम हुने भएको छ । पत्रकार, विद्यार्थी, डेभलपर, न्युज…
काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू
काठमाडौंमा डिजिटल बैंकिङ कन्फेरेन्स २०२४ सुरू भएको छ ।
काठमाडौं फिनटेकको आयोजना र फि…