कीवर्डहरू -

बागमती प्रदेशबाट १४ स्टार्टअप बीआइएस २०२६ मा छनोट

बागमती प्रदेशबाट १४ स्टार्टअप बीआइएस २०२६ मा छनोट

काठमाडौं । आईसीटी फाउन्डेसन नेपालले सञ्चालन गर्ने बिजनेस इन्क्युबेसन सर्भिस (BIS) कार्यक्रम २०२६ अन्तर्गत बागमती प्रदेशबाट छनोट भएका टोलीहरूको घोषणा गरिएको छ । सार्वजनिक गरिएको सूचीमा १४ नवप्रवर्तनशील टोलीहरू परेका छन्  ।

छनोट भएका यी टोलीहरू अब प्रत्यक्ष ओरिएन्टेसन सेसनमा सहभागी हुनेछन्, जहाँबाट उनीहरूको इन्क्युबेसन यात्रा औपचारिक रूपमा सुरु हुनेछ । नवीन सोच, सिर्जनशीलता र उद्यमशीलताको सम्भावना बोकेका यी टोलीहरूले नेपालको डिजिटल भविष्य निर्माणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

छनोट भएका टोलीहरू:
 1. AgriPortal
 2. Caregiver Management System
 3. Cloud Sathi
 4. HealthEd AI Nepal
 5. Mach24 Orbitals
 6. MS Digital Auto Solution Pvt. Ltd. 
 7. Neptrack
 8. Next Core System
 9. Retail Sathi
10.  Samparka Digital Loyalty
11. Satkarma Tech Solutions Pvt.Ltd
12. Tackoom Digital Counseling Marketplace
13. The Visionarys Nepal
14. Vending King Pvt Ltd

ICT Foundation Nepal ले यी सबै नवप्रवर्तनशील टोलीहरूलाई यस महत्वपूर्ण उपलब्धिका लागि हार्दिक बधाई ज्ञापन गरेको छ । साथै, यस कार्यक्रममार्फत उद्यमीहरूबीच सहकार्य, सञ्जाल विस्तार तथा नवीन व्यवसायिक अवधारणालाई व्यवहारमा रूपान्तरण गर्ने अवसर प्रदान गरिने जनाइएको छ ।