काठमाडौं । नेपालको फिनटेक क्षेत्रको अग्रणी संस्था फिनटेक एलायन्स नेपाल (Fintech Alliance Nepal - FAN) ले नेपाल फिनटेक एक्स्पो २०२६ (दोस्रो संस्करण) आगामी असोज २३, २४ र २५, २०८३ (९,१० र ११ अक्टोबर २०२६) मा हेरिटेज गार्डेन, ललितपुरमा आयोजना गर्ने घोषणा गरेको छ ।
पहिलो संस्करणको उल्लेखनीय सफलतापछि आयोजना हुन लागेको यस वर्षको एक्स्पो अझ भव्य, व्यवस्थित तथा अन्तर्राष्ट्रिय सहभागितायुक्त हुने अपेक्षा गरिएको छ । पहिलो संस्करण दुई दिन सञ्चालन गरिएकोमा यस वर्ष एक्स्पो लगातार तीन दिन सञ्चालन हुनेछ, जसले सहभागीहरूलाई प्रदर्शनी अवलोकन, व्यावसायिक छलफल, Networking तथा ज्ञान आदान-प्रदानका लागि थप अवसर प्रदान गर्नेछ ।
यस वर्षको एक्स्पोमा ६५ भन्दा बढी Exhibitor Booth, दुई वटा Experience Zone, स्वदेशी तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता, Artificial Intelligence (AI), Digital Banking, Digital Payment, Embedded Finance, Lending Technology लगायतका अत्याधुनिक Fintech समाधान तथा प्रविधिहरू प्रदर्शन गरिनेछन् । साथै विभिन्न कम्पनीहरूले आफ्ना नवीनतम उत्पादन तथा सेवाको Official Product Launch तथा Product Reveal समेत गर्ने कार्यक्रम रहेको छ ।
एक्स्पोको उद्घाटन समारोह पहिलो दिन अर्थात् ९ अक्टोबर २०२६ मा Classic Venue, Heritage Garden परिसरमा आयोजना गरिनेछ । सहभागी तथा विशिष्ट अतिथिहरूको सहज व्यवस्थापन, पर्याप्त पार्किङ सुविधा तथा ठूलो संख्यामा उपस्थित हुने अतिथिहरूलाई ध्यानमा राखी उद्घाटन समारोहका लागि उक्त स्थान चयन गरिएको हो ।
यस वर्षको एक्स्पोमा ६,००० भन्दा बढी Visitor Footfall हुने अपेक्षा गरिएको छ । बैंक तथा वित्तीय संस्था, Fintech कम्पनी, Payment Service Provider, नियामक निकाय, सरकारी संस्था, लगानीकर्ता, प्रविधि कम्पनी, Startup, Development Partner, विद्यार्थी तथा प्रविधिमा रुचि राख्ने सर्वसाधारणको उल्लेखनीय सहभागिता रहने विश्वास आयोजकले लिएको छ ।
हाल फिनटेक एलायन्स नेपाल (FAN) मा ५३ वटा Corporate Member आबद्ध छन् । संस्थाले नेपालको Fintech Ecosystem लाई सुदृढ बनाउन नियमित रूपमा Fintech Friday र Fintech Social कार्यक्रम सञ्चालन गर्दै आएको छ भने CTO Retreat जस्ता विशेष कार्यक्रममार्फत उद्योगका नेतृत्व तहबीच सहकार्य, अनुभव आदान-प्रदान तथा नवप्रवर्तनलाई प्रवर्द्धन गर्दै आएको छ ।
फिनटेक एलायन्स नेपालले सम्पूर्ण बैंक तथा वित्तीय संस्था, Fintech कम्पनी, प्रविधि प्रदायक, Startup, लगानीकर्ता, नीति निर्माता, नियामक निकाय, विद्यार्थी, सञ्चारमाध्यम तथा प्रविधिप्रेमी सर्वसाधारणलाई नेपाल फिनटेक एक्स्पो २०२६ मा सहभागी भई नेपालको डिजिटल वित्तीय भविष्य निर्माणको यात्रामा सहयात्री बन्न हार्दिक आमन्त्रण गर्दछ ।
नेपाल फिनटेक एक्स्पो २०२६ केवल एक प्रदर्शनी मात्र नभई नेपालमा वित्तीय प्रविधि, नवप्रवर्तन, सहकार्य तथा डिजिटल रूपान्तरणलाई नयाँ उचाइमा पुर्याउने साझा मञ्चका रूपमा स्थापित हुने विश्वास आयोजकले गरेको छ ।
आईसीटी समाचार