कीवर्डहरू -

इभेन्ट

नेपाल टेक रोडशो युरोप २०२६ सम्पन्न, नेपाली प्रविधिलाई युरोपेली बजारसँग जोड्ने प्रयास

काठमाडौं । नेपाली प्रविधि क्षेत्रलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजना गरिएको ‘नेपाल टेक रोडशो युरोप २०२६’ सम्पन्न भएको छ ।

नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास–आईटी) को आयोजनामा यूके र स्विट्जरल्यान्डमा सञ्चालन भएको रोडशोको अन्तिम कार्यक्रम स्विट्जरल्यान्डको ज्युरिखमा सम्पन्न भएको हो । ज्युरिखमा सेप्टेम्बर १६ मा होटल सेन्ट गटहार्डमा कार्यक्रम आयोजना गरिएको थियो ।

रोडशोमार्फत नेपाली प्रविधि कम्पनी, अन्तर्राष्ट्रिय व्यवसाय, लगानीकर्ता, प्रविधि क्षेत्रका विज्ञ तथा नेपाली डायस्पोराबीच सहकार्य, व्यवसायिक साझेदारी र बजार विस्तारका सम्भावनाबारे छलफल गरिएको थियो । ज्युरिख कार्यक्रममा नेपालका १७ प्रविधि कम्पनीको सहभागिता रहेको थियो ।

रोडशोमा नेपाली प्रविधि क्षेत्रको क्षमता, सफ्टवेयर विकास, आईटी सेवा, आउटसोर्सिङ, आर्टिफिसियल इन्टेलिजेन्स, क्लाउड, साइबर सुरक्षा तथा डिजिटल समाधानका क्षेत्रमा नेपाली कम्पनीले उपलब्ध गराउँदै आएका सेवाबारे प्रस्तुति र अन्तरक्रिया गरिएको थियो ।

कार्यक्रममा व्यवसाय तथा लगानीका सम्भावना, सीमापार सहकार्य, प्रविधि साझेदारी र अन्तर्राष्ट्रिय बजारमा नेपाली आईटी कम्पनीको पहुँच विस्तारका विषयमा छलफल भएको थियो । साथै, सहभागी कम्पनी तथा अन्तर्राष्ट्रिय व्यवसायबीच प्रत्यक्ष व्यवसायिक भेटघाट (बी२बी) र नेटवर्किङका लागि समेत अवसर प्रदान गरिएको थियो ।

ज्युरिखको कार्यक्रम सफल बनाउन स्विस–नेपाल चेम्बर अफ कमर्सको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ । चेम्बरका संस्थापक तथा अध्यक्ष टिजियानो लाभिजारी र कम्युनिकेसन तथा स्टेकहोल्डर रिलेसन्स एडभाइजर सास्कियाले स्विस तथा नेपाली व्यवसायिक समुदायबीच सम्पर्क र सहकार्यका लागि भूमिका खेलेका थिए ।

आयोजकले नेपालको प्रविधि इकोसिस्टमलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न सहयोग पुर्‍याएको भन्दै स्विस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (SDC), स्विट्जरल्यान्ड प्रति पनि आभार व्यक्त गरेको छ।

नास–आईटीका अनुसार रोडशोको उद्देश्य नेपाली प्रविधि कम्पनीलाई युरोपेली बजार, लगानीकर्ता तथा सम्भावित साझेदारसँग प्रत्यक्ष जोड्नुका साथै नेपालमा विकास भइरहेको प्रविधि क्षमता र दक्ष जनशक्तिलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्नु रहेको थियो ।

यसअघि रोडशोअन्तर्गत सेप्टेम्बर ९ मा बेलायतको लन्डनमा कार्यक्रम आयोजना गरिएको थियो भने सेप्टेम्बर १६ मा स्विट्जरल्यान्डको ज्युरिखमा अन्तिम कार्यक्रम सम्पन्न भएको हो ।

इभेन्ट

बेलायतमा ‘नेपाल टेक रोडशो यूके २०२६’ सम्पन्न : नेपाली प्रविधि कम्पनीको क्षमता प्रदर्शन

काठमाडौं । नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आईटी सर्भिसेस कम्पनीज् (नास-आईटी) को आयोजनामा बेलायतमा ‘ने…

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते हुँदै, डिजिटल रेजिलियन्सदेखि एआई गभर्नेन्ससम्म छलफल हुने

काठमाडौं । आइसिटी फाउन्डेसन नेपालले पाँचौँ संस्करणको डिजिटल नेपाल कन्क्लेभ असोज ४ गते आइतबार आयोजना गर्ने भ…

युवा सहभागिता र इन्टरनेट गभर्नेन्स क्षमता विकासमा केन्द्रित ‘एपिगा नेपाल २०२६’ सम्पन्न

काठमाडौं । एसिया प्यासिफिक इन्टरनेट गभर्नेन्स एकेडेमी (एपिगा) नेपाल २०२६ सफलतापूर्वक सम्पन्न भएको छ । २०२६ से…

काठमाडौंमा Konica Minolta Roadshow 2026 आयोजना हुँदै

काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागब…

‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा: नयाँ प्रविधि सिक्ने र करियर सुरू गर्ने सुनौलो अवसर

काठमाडौं । नेपालको सूचना प्रविधि क्षेत्रकै प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६&rsqu…

नेपालय कलेजमा २४ घण्टे ‘ह्याकाथन’ सम्पन्न, विद्यार्थीहरूले बनाए नवीन प्रविधिमूलक परियोजना

काठमाडौं । विद्यार्थीहरूको प्राविधिक सीप, सिर्जनशीलता र समस्या समाधान क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ काठम…

डिजिटल नेपाल कन्क्लेभ २०२६ असोज ४ गते आयोजना हुने

काठमाडौं । बाढी तथा विपद्को अवस्थाका कारण स्थगित गरिएको डिजिटल नेपाल कन्क्लेभ २०२६ अब असोज ४ गते (२० सेप्टेम्…

वीरगञ्जमा ‘डाइनामिक एआई एन्ड एजुकेसन समिट २०२६’ आयोजना

वीरगञ्ज । वीरगञ्जमा कृत्रिम बुद्धिमत्ता (एआई) र शिक्षाको बदलिँदो सम्बन्धबारे छलफल तथा ज्ञान आदानप्रदान गर्ने उद्दे…

टिएआरएल विद्यालयको योजना निर्माण क्षमता अभिवृद्धि गर्न एसआइपी कार्यशाला सम्पन्न

ललितपुर । रोटरी क्लब अफ यलद्वारा सञ्चालित Teaching at the Right Level (TaRL) ग्लोबल ग्रान्ट परियोजनाअन्तर्गत T…

डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै आईसीटी फाउन्डेसन नेपालल…

नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै

काठमाडौं । यामाहाले विभिन्न शैली, आवश्यकता र रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ …

कांग्रेसले आयोजना गर्दै महिला उद्यमशीलता सम्मेलन, ८० बढी उद्यमीका उत्पादन प्रदर्शनीमा

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ‘महिला उद्यमशीलत…

डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै : शासन, डेटा र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने

काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’…

मदन भण्डारी कलेजमा आजदेखि ‘एमबीएमसी ह्याकफेस्ट २०२६’

काठमाडौं । विद्यार्थीको प्राविधिक क्षमता र सिर्जनशीलतालाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्ने उद्देश्यले मदन भण्…

वर्डक्याम्प काठमाडौं २०२६ को तयारी अन्तिम चरणमा, देशभरका प्रविधि क्षेत्रका व्यक्तिको सहभागिता हुने

काठमाडौं । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको …