इभेन्ट
अपांगता भएका व्यक्तिहरूका लागि आयोजना भएको राष्ट्रियस्तरको ह्याकाथन सम्पन्न
नेपालमा पहिलो पटक अपांगता भएका व्यक्तिहरूका लागि आयोजित राष्ट्रियस्तरको ‘एआई फर पिपुल विथ डिसेबिलिटी’ (एआईडीए) ह्याकाथन सफलतापूर्वक सम्पन्न भएको छ।
प्रतिक इन्नोभेसनले आयोजना गरेको ह्याकाथन सनफ्लावर स्पेट्रकम बाई आरएक्सपीनले शीर्ष प्रायोजन र सनवे कलेजले पावर्ड बाई प्रायोजन गरेको थियो ।
देशभरबाट प्राप्त ३५ बढी आवेदन मध्येबाट उत्कृष्ट सात टोली छनोट गरिएको थियो । सहभागीमध्ये चार जना स्वयं अपांगता भएका व्यक्ति र करिब ४० प्रतिशत महिला सहभागी थिए ।
प्रतियोगितामा सहभागी टोलीहरूले स्मार्ट मोबिलिटी र सञ्चार, एआई फर अटिजम, डिजिटल केयरगिभर प्रणाली तथा श्रवण–वाक असक्षम सिकाइ सहयोगी प्रविधि सम्बन्धी प्रोटोटाइप विकास गरेका थिए ।
भर्चुअल आइडियाथनपछि छानिएका टोलीहरूले सनवे कलेजमा ३६ घण्टे ह्याकाथनमा प्रतिस्पर्धा गर्दै आफ्ना परियोजना आइसिटी अवार्ड २०२५ को प्रिईभेन्ट स्टार्टअप एण्ड आईडिया फेस्टमा समेत प्रस्तुत गरेका थिए ।
त्यसपछि १५ नोभेम्बरमा ग्राण्ड फिनाले भएको थियो । ग्राण्ड फिनालेमा काठमाडौं विश्वविद्यालयका सरिता खड्का र मनोज शाक्य, वान पोइन्टका विकास नाहाटा, लिपफ्रगका अंकुर शर्मा र ध्रुव अधिकारी मूल्यांकनकर्ताको रूपमा रहेका थिए ।
प्रतियोगितामा थिंक एआईले पहिलो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ प्राप्त गरेको छ । यस्तै मिसन चौरासी पहिलो रनर–अप हुँदै ३० हजार र एक्सेस कोड दोस्रो रनर–अप हुँदै २० हजार रूपैयाँ जितेको छ ।
साथै टिम सिन्याप्टिकले ‘Best Innovation Award’ जितेको छ । ‘एसेटिभ एआई फर अटिजम’ मा टिम सिन्याप्टिक र मिसन चौरासीले एसीसी उपकरण, सिकाइ सहायक प्रविधि तथा सञ्चार उपकरणसम्बन्धी प्रभावशाली प्रस्ताव प्रस्तुत गरेका थिए ।

आरएक्सपीनले संचालन गरेको सनफ्लावर स्पेक्ट्रम प्लेटफर्मले ह्याकथनलाई समावेशी समाज निर्माणका लागि भविष्यका नवप्रवर्तकहरूलाई अपांगता–मैत्री प्रविधिमा प्रेरित गर्ने जानकारी दिएको थियो ।
आरएक्सपीनका संस्थापक ध्रुव अधिकारीले यो पहल सानो भए पनि दीर्घकालीन प्रभाव पार्ने बताए । यस्तै सनवे कलेजका निर्देशक खुशल रेग्मीले एआई शिक्षामा अग्रणी संस्थानका रूपमा यस्ता पहललाई निरन्तर समर्थन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
अब सुरूवाती समयका शीर्ष १६ टिम इन्क्युबेशन स्क्रिनिङ प्रक्रियामा प्रवेश गर्नेछन्, जसले तिनीहरूलाई दीर्घकालीन मार्गदर्शन, अनुसन्धान सहयोग तथा दिगो असिस्टिभ–टेक उद्यममा रूपान्तरण हुने अवसर प्रदान गर्नेछ।
कार्यक्रम निर्देशक जतिन भुसालले आईडालाई प्रत्येक वर्ष अझ ठूलो, प्रभावकारी र अन्तर्राष्ट्रिय स्तरसम्म विस्तार गर्ने योजना सुनाएका थिए । सनफ्लावर स्पेक्ट्रमले सन् २०२६ मा ‘नेपालको पहिलो अन्तर्राष्ट्रिय सम्मेलन: AI for People with Disabilities’ आयोजना गर्ने तयारी समेत गरिरहेको छ ।
इभेन्ट
भोलिदेखि सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट हुँदै, १५० बढी स्टार्टअप र इन्नोभेसनको प्रदर्शनी
कात्तिक २७ गते बिहीबारदेखि दुई दिने ‘सनवे स्टार्टअप एण्ड आईडिया फेस्ट २०२५ इन एशोशिएसन विथ टिङटिङ र पावर्ड बाई सस्तो टिक…
टिग नास आईटी एक्सपो २०२५ को आज अन्तिम दिन, प्रविधिप्रेमीहरूलाई अवलोकन गर्न आग्रह
नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (NAS-IT) को आयोजनामा शुक्रबारदेखि सुरू भएको टिग नास आईटी एक्सपो २…
स्टार्टअप तथा इन्नोभेटरहरूका लागि आर्किटेक्चर एज ए सर्भिसमा भोलिदेखि २ दिने तालिम हुँदै
आइसिटी अवार्ड २०२५ को प्रि-इभेन्टको रूपमा शनिबारदेखि दुई दिने तालिम सुरू हुने भएको छ । स्टार्टअप तथा इन्नोभेटरहरूलाई लक्षित गर्…
नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा हुँदै
विद्युत् तथा इलेक्ट्रोनिक्स इन्जिनियरहरूको प्रतिष्ठित संस्था आईईईई नेपाल सेक्सनले नेपालमा विश्वकै ठूलो कोडिङ प्रतिस्पर्धा आयोजना गर्ने…
सनवे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ आयोजना हुदै, १ सय ५० बढि स्टार्टअप र इन्नोभेसनहरुको प्रदर्शनी हुने
स्टार्टअप तथा इन्नोभेसनको प्रवद्धनको लागि कार्तिक २७ र २८ गते काठमाडौंमा सन्वे स्टार्टअप एण्ड आइडिया फेस्ट २०२५ को आयोजना हुने भएक…
कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा अन्तर्राष्ट्रिय सम्मेलन गर्दै एनसीआईटी, यसरी बुझाउनुहोस् शोधपत्र
नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) ले आगामी डिसेम्बर २८ देखि ३० सम्म कम्प्युटिङ, विज्ञान, इन्जिनियरिङ र प्रविधिमा अन्त…
कात्तिक २१ र २२ गते नास आईटी एक्सपो हुँदै, व्यवसाय र प्रविधिलाई प्रत्यक्ष जोड्ने लक्ष्य
आगामी कात्तिक २१ र २२ गते नास आईटी एक्सपो २०२५ आयोजना हुने भएको छ । नेपाल एशोसिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (ना…
आइसिटी अवार्ड: स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार र सोसल इन्नोभेसन विधामा शनिबारसम्म आवेदन दिने समय
स्टार्टअप, प्रडक्ट, राइजिङ स्टार इन्नोभेसन र सोसियल इन्नोभेसन आइसिटी अवार्ड २०२५ मा भदौ २१ गते शनिबारसम्म अनलाइन आवेदन दिन सकिने…
लिपफ्रगले सम्पन्न गर्यो चौथो संस्करणको ‘डिजाइन डिस्को’ कार्यक्रम
स्टार्टअप तथा इन्टरप्राइजका लागि स्वास्थ्य, फिनटेक, एड–टेक र कन्स्ट्रक्सन क्षेत्रमा विश्वव्यापी प्रविधि तथा एआई पार्टनरका रूपमा का…
अपांगता भएका व्यक्तिहरूका लागि ‘एआई फर डिसएबिलिटी ह्याकाथन’ हुँदै, आवेदन खुला
नेपालमा पहिलोपटक अपांगता भएका व्यक्तिहरूका लागि एआई (Artificial Intelligence) समाधान विकास गर्ने राष्ट्रियस्तरको ह्याकाथनको आव…
अरोरा टेक अवार्ड २०२६: नेपाली महिला टेक उद्यमीका लागि आवेदन खुल्ला
महिला उद्यमीहरुलाई प्रविधि क्षेत्रमा सशक्त बनाउने उद्धेश्यले स्थापित अरोरा टेक अवार्ड २०२६ का लागि आवेदन खुला भएको छ । नेपाल लगा…
कात्तिकमा नास आईटी एक्सपो आयोजना हुँदै
नेपाल एसोसिएशन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज (नास आईटी) ले आगामी कात्तिक २१ र २२ गते प्रदर्शनी आयोजना गर्ने भएको छ । &…
पहिलो पटक नेपालमा आयोजना हुँदैछ अन्तर्राष्ट्रिय सम्मेलन ‘उबु–कन एसिया २०२५’
एशियाली उबुन्टु समुदायलाई एकसाथ जोड्ने उद्देश्यका साथ अन्तर्राष्ट्रिय सम्मेलन ‘उबु–कन एसिया’ २०२५ नेपालम…
काठमाडौंमा एआई सेफ्टी मिटअप हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी भदौ ७ गते शनिबार काठमाडौंमा कृत्रिम बुद्धिमत्ता (एआई) सेफ्टी मिटअप आयोजना हुने भएको छ ।