इभेन्ट
काठमाडौंमा Konica Minolta Roadshow 2026 आयोजना हुँदै
काठमाडौं । सगर ग्रुपको आयोजनामा Konica Minolta Roadshow 2026 आगामी २०८३ भदौ २५ र २६ गते काठमाडौंको बागबजारस्थित सल्ल्यान हाउस (वीरेन्द्र सदन), पि.के. क्याम्पसको ठीक अगाडि आयोजना हुने भएको छ ।
दुई दिने रोडशोमा व्यवसायी, प्रिन्ट व्यवसायी, डिजाइनर, विज्ञापन तथा क्रिएटिभ एजेन्सीका प्रतिनिधि तथा विभिन्न संस्थाका प्रतिनिधिहरूले Konica Minolta का डिजिटल प्रिन्टिङ प्रविधि र समाधानहरू प्रत्यक्ष रूपमा अवलोकन तथा परीक्षण गर्न सक्नेछन् ।
कार्यक्रममा डिजिटल प्रिन्टिङ प्रविधिको प्रयोग, यसको व्यावसायिक सम्भावना तथा विभिन्न प्रकारका प्रिन्टिङ आवश्यकतामा यसको उपयोगबारे प्रत्यक्ष मेसिन डेमो मार्फत जानकारी दिइनेछ । सहभागीहरूले प्रिन्टिङको गुणस्तर, मिडिया ह्यान्डलिङ तथा आफ्नो आवश्यकताअनुसारको आउटपुटलाई नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।
रोडशोको विशेष पक्षका रूपमा सहभागीहरूले आफ्नै कागज, प्रिन्ट मिडिया, डिजाइन वा नमुना फाइल लिएर आएर त्यसमा प्रिन्ट परीक्षण गर्न सक्नेछन् । यसबाट सहभागीहरूले सामान्य डेमो नमुनाभन्दा आफ्नै वास्तविक काम वा आवश्यकतामा मेसिनको प्रदर्शन र प्रिन्ट आउटपुटको अनुभव गर्न सक्नेछन् ।
यसका साथै सहभागीहरूले आफ्ना व्यवसाय तथा प्रिन्टिङ आवश्यकताबारे सम्बन्धित प्राविधिक तथा बिक्री टोलीसँग प्रत्यक्ष छलफल गरी उपयुक्त डिजिटल प्रिन्टिङ समाधानबारे जानकारी लिन सक्नेछन् । Konica Minolta Roadshow 2026 दुवै दिन बिहान १० बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुनेछ ।
इभेन्ट
वीरगञ्जमा ‘डाइनामिक एआई एन्ड एजुकेसन समिट २०२६’ आयोजना
वीरगञ्ज । वीरगञ्जमा कृत्रिम बुद्धिमत्ता (एआई) र शिक्षाको बदलिँदो सम्बन्धबारे छलफल तथा ज्ञान आदानप्रदान गर्ने उद्दे…
टिएआरएल विद्यालयको योजना निर्माण क्षमता अभिवृद्धि गर्न एसआइपी कार्यशाला सम्पन्न
ललितपुर । रोटरी क्लब अफ यलद्वारा सञ्चालित Teaching at the Right Level (TaRL) ग्लोबल ग्रान्ट परियोजनाअन्तर्गत T…
डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने
काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै आईसीटी फाउन्डेसन नेपालल…
नाडा अटो शो २०२६ मा यामाहाका नयाँ भेरियन्टहरू सार्वजनिक हुँदै
काठमाडौं । यामाहाले विभिन्न शैली, आवश्यकता र रुची भएका राइडरहरूका लागि नयाँ भेरियन्टहरू नाडा अटो शो २०२६ …
कांग्रेसले आयोजना गर्दै महिला उद्यमशीलता सम्मेलन, ८० बढी उद्यमीका उत्पादन प्रदर्शनीमा
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा ‘महिला उद्यमशीलत…
डिजिटल नेपाल कन्क्लेभ २०२६ आयोजना हुँदै : शासन, डेटा र डिजिटल अर्थतन्त्रमा केन्द्रित हुने
काठमाडौं । सूचना तथा सञ्चार प्रविधि क्षेत्रको बृहत सम्मेलनको रुपमा परिचित ‘डिजिटल नेपाल कन्क्लेभ’…
मदन भण्डारी कलेजमा आजदेखि ‘एमबीएमसी ह्याकफेस्ट २०२६’
काठमाडौं । विद्यार्थीको प्राविधिक क्षमता र सिर्जनशीलतालाई व्यवहारिक परियोजनामा रूपान्तरण गर्ने उद्देश्यले मदन भण्…
वर्डक्याम्प काठमाडौं २०२६ को तयारी अन्तिम चरणमा, देशभरका प्रविधि क्षेत्रका व्यक्तिको सहभागिता हुने
काठमाडौं । वर्डप्रेसको प्रतिष्ठित सम्मेलन ‘वर्डक्याम्प काठमाडौं २०२६’ को तयारी अन्तिम चरणमा पुगेको …
काठमाडौंमा भदौ १९ देखि अन्तर्राष्ट्रिय इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स प्रदर्शनी हुने
काठमाडौं । नेपाल इलेक्ट्रिक, पावर, लाइट तथा नेपाल कन्ज्युमर इलेक्ट्रोनिक्स एण्ड होम अप्लायन्सेस अन्तर्राष्ट्रिय प्रदर्…
प्रोटोनका दुई विद्युतीय गाडीले नाइमा मोबिलिटी एक्स्पोमा पाए उल्लेख्य आकर्षण
काठमाडौं । भृकुटीमण्डपमा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ मा प्रोटोनका दुई विद्युतीय …
यामाहाद्वारा प्रस्तुत रोडिजको प्रि-अडिसन छिट्टै सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेशको अवसर
काठमाडौं । हिमालय रोडिजको टाइटल स्पोन्सर यामाहा रेसिङले यस वर्षको नयाँ थिम “एटिट्युड भर्सेस अल्टिच्युड&…
स्वदेशी उत्पादनदेखि एआई–रोबोटिक्ससम्म : भदौ ९ देखि नाडा अटो शो
काठमाडौं । आगामी भदाै ९ गतेदेखि १४ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १८ औँ नाडा अटो–शो भव्य रूपमा आय…
१ लाख ८० हजारभन्दा बढी अवलोकनकर्तासहित नाइमा मोबिलिटी एक्स्पो सम्पन्न
काठमाडौं । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ समापन भएको छ । साउन २६ गते भव्य कार्यक्रमबीच औपचारिक उद्घाटन भए…
नाइमा एक्स्पोको क्रेज : पाँच दिनमै डेढ लाखभन्दा बढीको उपस्थिति
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ साउन ३१ गते आइतब…
सार्वजनिक हुनुअघि सरकारी सिस्टमको सुरक्षा परीक्षण, इथिकल ह्याकरले ह्याक गर्ने
काठमाडौं । सरकारी डिजिटल प्रणालीमा हुन सक्ने साइबर जोखिम पहिचान गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयक…