कीवर्डहरू -

डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित, नयाँ मिति छिट्टै सार्वजनिक गरिने

काठमाडौं । नेपालका विभिन्न क्षेत्रमा बाढीका कारण उत्पन्न विपद्को अवस्थालाई मध्यनजर गर्दै आईसीटी फाउन्डेसन नेपालले भदौ ११ गते (२७ अगस्ट २०२६) आयोजना गर्ने तय भएको डिजिटल नेपाल कन्क्लेभ २०२६ स्थगित गरेको छ ।

भोटेकोशी र त्रिशूली नदीमा आएको अचानक बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै आईसीटी फाउन्डेसन नेपालले विपद्को यस कठिन समयमा उद्धार, राहत तथा उपचार कार्यमा खटिनुभएका सबैप्रति सम्मान व्यक्त गरेको छ । साथै, संस्थाले सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

हालको असहज परिस्थितिलाई ध्यानमा राख्दै सम्मेलन स्थगित गरिएको जानकारी आईसीटी फाउन्डेसन नेपालले दिएको हो । कार्यक्रमको नयाँ मिति केही दिनभित्रै सार्वजनिक गरिने संस्थाले जनाएको छ ।

कार्यक्रम स्थगित हुँदा सहभागी, साझेदार तथा सम्बन्धित सबैमा पर्न गएको असुविधाप्रति आईसीटी फाउन्डेसन नेपालले क्षमायाचना गर्दै निरन्तर साथ र सहयोगका लागि धन्यवाद व्यक्त गरेको छ ।