काठमाडौं । नेपालमा वर्डप्रेस समुदायको प्रमुख प्रविधि सम्मेलनका रूपमा आयोजना गरिएको वर्डक्याम्प काठमाडौं २०२६ सम्पन्न भएको छ । गैरीधारास्थित एलिस रिसेप्सन्समा सेप्टेम्बर १८ र १९ मा दुईदिने कार्यक्रम आयोजना गरिएको हो । सम्मेलनको पहिलो दिन ‘कन्ट्रिब्युटर डे’ र दोस्रो दिन मुख्य सम्मेलन आयोजना गरिएको थियो ।

‘Where Ancient Culture Meets Open Source’ विषय वस्तुमा आयोजना गरिएको सम्मेलनमा वर्डप्रेस, आर्टिफिसियल इन्टेलिजेन्स (एआई), वेब विकास, साइबर सुरक्षा, डिजिटल मार्केटिङ, अन्तर्राष्ट्रिय बजार विस्तारलगायत विषयमा प्रस्तुति, छलफल तथा कार्यशाला सञ्चालन गरिएको थियो ।
कन्ट्रिब्युटर डेमा सहभागीहरूले वर्डप्रेसको विकास, अनुवाद, डकुमेन्टेसन, एक्सेसिबिलिटी, थिम तथा प्लगिन समीक्षा, शिक्षा र अन्य विभिन्न क्षेत्रमा योगदान गर्ने विषयमा सिकाइ तथा सहकार्य गरेका थिए ।

मुख्य सम्मेलनमा नेपालसहित विभिन्न देशका वक्ता तथा वर्डप्रेस समुदायका सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा प्राविधिक ज्ञान आदानप्रदानसँगै विकासकर्ता, डिजाइनर, सामाग्री निर्माता, व्यवसायी तथा वर्डप्रेस प्रयोगकर्ताबीच नेटवर्किङ र सहकार्यमा समेत जोड दिइएको थियो ।
आयोजकका अनुसार सम्मेलनले नेपालमा वर्डप्रेस तथा खुला स्रोत प्रविधिको समुदायलाई थप विस्तार गर्न, नयाँ प्रविधिबारे ज्ञान आदानप्रदान गर्न र नेपाली प्रविधि क्षेत्रका जनशक्तिलाई अन्तर्राष्ट्रिय समुदायसँग जोड्न योगदान पुर्याएको छ ।

सेप्टेम्बर १८ मा सुरु भएको सम्मेलन सेप्टेम्बर १९ मा मुख्य सम्मेलन तथा समापन कार्यक्रमसँगै सम्पन्न भएको हो ।
आईसीटी समाचार