कीवर्डहरू -

डिएनसी २०२६ : एआईमा आत्मनिर्भर नेपाल निर्माणका लागि पूर्वाधार र डेटा बलियो बनाउनुपर्नेमा जोड

डिएनसी २०२६ : एआईमा आत्मनिर्भर नेपाल निर्माणका लागि पूर्वाधार र डेटा बलियो बनाउनुपर्नेमा जोड

काठमाडौं । डिजिटल नेपाल कन्क्लेभ (डिएनसी) २०२६ मा नेपालको एआई (कृत्रिम बुद्धिमत्ता) इकोसिस्टम तथा डिजिटल क्षमता विकासका लागि आवश्यक पूर्वाधार, डेटा र शासन प्रणालीबारे छलफल भएको छ ।

आइतबार ललितपुरको पुल्चोकस्थित द प्लाजामा आयोजित कन्क्लेभअन्तर्गतको ‘बिल्डिङ नेपाल्स एआई सोभरेन्टी: इन्फ्रास्ट्रक्चर, डेटा, गभर्नेन्स’ शीर्षकको तेस्रो विषयगत प्यानलमा नेपालमा एआई सार्वभौमसत्ता निर्माणका लागि आवश्यक डिजिटल पूर्वाधार, डेटा व्यवस्थापन र नीतिगत तथा शासकीय संरचनाबारे छलफल गरिएको हो ।

प्यानलमा प्रतिनिधिसभा सदस्य डा. लेखजंग थापा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव आदेश खड्का, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयका प्रमुख सल्लाहकार सञ्जय पौडेल, आईईएमआईएस विज्ञ सम्वेदन कोइराला र क्लाउडफ्याक्ट्रीकी कन्ट्री डाइरेक्टर डा. रोशा पोखरेल सहभागी थिए । प्यानलको सहजीकरण नेपाल खुला विश्वविद्यालयका कार्यवाहक डिन डा. भोजराज घिमिरेले गरेका थिए भने सत्रको अध्यक्षता राष्ट्रिय योजना आयोगका सदस्य प्रा. डा. सुदन झाले गरेका थिए ।

छलफलमा नेपालमा एआईको विकास र प्रयोगलाई दिगो बनाउन प्रविधि तथा डिजिटल पूर्वाधार, गुणस्तरीय तथा सुरक्षित डेटा र प्रभावकारी शासन प्रणालीबीच समन्वय आवश्यक रहेको विषयमा केन्द्रित भएर विचार आदानप्रदान गरिएको थियो ।

डिएनसी २०२६ को तेस्रो सत्र ‘एआई सोभरेन्टी एन्ड डेटा इन्टेलिजेन्स फर अ रेजिलियन्ट नेसन’ अन्तर्गत आयोजना गरिएको हो । यस सत्रमा एआईलाई नेपालको डिजिटल क्षमता र राष्ट्रिय उत्थानशीलता अभिवृद्धिसँग जोडेर अघि बढाउने विषयमा समेत चर्चा गरिएको थियो ।