कीवर्डहरू -

आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल

आजदेखि वर्डक्याम्प काठमाडौं २०२६, एआईदेखि ओपन सोर्ससम्मका विषयमा छलफल

काठमाडौं । नेपालमा वर्डप्रेस प्रयोगकर्ता, डेभलपर, डिजाइनर, फोटोग्राफर, व्यवसायी तथा प्रविधिमा रुचि राख्ने समुदायलाई एकै ठाउँमा जोड्ने वर्डक्याम्प काठमाडौं २०२६ आजदेखि काठमाडौंमा सुरु भएको छ ।

दुई दिनसम्म चल्ने कार्यक्रम सेप्टेम्बर १८ र १९ मा काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सन्समा भइरहेको छ । यस वर्षको कार्यक्रमको मुख्य विषय ‘Where Ancient Culture Meets Open Source’ रहेको छ । आयोजकका अनुसार कार्यक्रमले काठमाडौंको प्राचीन संस्कृति र खुला स्रोत प्रविधिको समुदायबीचको सम्बन्धलाई जोड्ने प्रयास गरेको छ ।

null

वर्डक्याम्प काठमाडौंमा डेभलपर, डिजाइनर, ब्लगर, कन्टेन्ट क्रिएटर, व्यवसायी, विद्यार्थी, एजेन्सी तथा वर्डप्रेसमा योगदान गर्ने समुदायको सहभागिता रहेको छ । कार्यक्रमको पहिलो दिन आज सेप्टेम्बर १८ लाई Contributor Day का रूपमा आयोजना गरिएको छ । यस दिन सहभागीले वर्डप्रेसको विकास, अनुवाद, डकुमेन्टेसन, परीक्षण, एक्सेसिबिलिटी, प्लगिन, थिम, फोटो, शिक्षा तथा अन्य क्षेत्रमा प्रत्यक्ष योगदान गरिरहेका छन् ।

सेप्टेम्बर १९ मा Conference Day आयोजना हुनेछ । उक्त दिन विभिन्न विषयमा प्रस्तुति, छलफल, कार्यशाला तथा नेटवर्किङ कार्यक्रम सञ्चालन हुनेछन् । कार्यक्रमको सुरुवात बिहान ८ बजे रजिस्ट्रेसनबाट भएको थियो भने बिहान ९:३० बजे उद्घाटन समारोह राखिएको थियो ।

null

एआई र वर्डप्रेसदेखि ई-कमर्ससम्मका विषय
सेप्टेम्बर १९ को मुख्य हलमा बिहान १० बजेदेखि विभिन्न विषयमा सत्र सञ्चालन हुनेछन् । कार्यक्रममा ‘AI Should Serve People: Here’s How to Make Sure It Does’, ‘FOSS & Licensing: Everything Every Developer Should Know’, ‘My 3C Playbook for Turning Conversations into Clients’ तथा ‘WordPress Education Programs: What They Are and How You Can Be Part of It?’ जस्ता प्रस्तुति राखिएका छन् ।

दिउँसोको सत्रमा वर्डप्रेसलाई ठूलो स्तरमा सञ्चालन गर्दाको अनुभव, एआई प्रयोगमा आधारित विकास प्रक्रिया, एआई सहयोगमा सफ्टवेयर विकासको सुरक्षा, नेपाली ई-कमर्समा भुक्तानी प्रणाली, मानवकेन्द्रित एआई र वर्डप्रेसमार्फत नि:शुल्क डिजिटल कक्षा निर्माणलगायतका विषय समेटिएका छन् ।

कार्यक्रमको अर्को हलमा एआईसम्बन्धी थप सत्र राखिएका छन् । ‘Prompt Smarter, Not Harder’, ‘Run AI, Not Bills: Local LLMs for Developers’ तथा ‘Let’s make AI Agents run our Online Ecommerce Business’ जस्ता विषयमा प्रस्तुति हुनेछन् ।

दिनको अन्त्यतिर ‘The AI Shift: Change, Challenges, and Opportunities for Tech Businesses’ शीर्षकमा प्यानल छलफल आयोजना हुनेछ । त्यसपछि समापन समारोह राखिएको छ ।