कीवर्डहरू -

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालनमा, यात्रुलाई विशेष छुट र गिभअवे

ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालनमा, यात्रुलाई विशेष छुट र गिभअवे

काठमाडौं । नेपालको ट्राभल एप ट्रिप टर्बोको ‘ट्राभल मेला २०२६’ सञ्चालन भइरहेको छ । सेप्टेम्बर २१ देखि सुरु भएको यस अभियानमा यात्रुका लागि विशेष ट्राभल डिल, विभिन्न गतिविधिमा ५० प्रतिशतसम्म छुट, साप्ताहिक ‘फायर सेल’, TT Coin रिवार्ड तथा विभिन्न गिभअवे समावेश गरिएको छ ।

नेपालको ठूलो ट्राभल सेलका रूपमा प्रस्तुत गरिएको ‘ट्राभल मेला २०२६’ मा आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई उडान, अन्तर्राष्ट्रिय होटल, बस टिकट, गतिविधि तथा विभिन्न ट्राभल अनुभवलाई एउटै अभियानमा समेटिएको ट्रिप टर्बोले जनाएको छ ।

क्याम्पेनको मुख्य आकर्षणका रूपमा दुई जनाका लागि काठमाडौं–बैंकक राउन्ड ट्रिप उडानको गिभअवे राखिएको छ । ट्रिप टर्बोमार्फत विश्वभरका ६० लाखभन्दा बढी होटलमा पहुँच लिन सकिने कम्पनीले जनाएको छ । ग्राहकले नेपाली रुपैयाँमै भुक्तानी गरी अन्तर्राष्ट्रिय होटल बुकिङ गर्न सक्नेछन् ।

ट्रिप टर्बोका संस्थापक शिखेर प्रसाईंले यात्रु समुदायसँग बृहत् रूपमा जोडिन तथा कम्पनीको ‘Making Travel Simple’ को अवधारणालाई निरन्तरता दिन ट्राभल मेला आयोजना गरिएको बताए ।

“ट्राभल मेला नेपालका यात्रु समुदायसँग बृहत् रूपमा जोडिने र हाम्रो भिजन ‘Making Travel Simple’ लाई निरन्तरता दिने एउटा माध्यम हो,” उनले भने, “डोमेस्टिक तथा इन्टरनेसनल फ्लाइट र होटलदेखि बस टिकट, गतिविधि र विभिन्न ट्राभल अनुभवसम्म ट्राभल मेलाले यात्राका विभिन्न पक्षलाई एउटै ठाउँमा ल्याएको छ ।”

हवाई उडान र बस टिकटमा छुट
ट्राभल मेला २०२६ अवधिभर ग्राहकले आफ्नो पहिलो आन्तरिक फ्लाइट बुकिङमा २०० रुपैयाँ छुट पाउनेछन् । त्यसपछि ‘FLIGHTMELA’ प्रोमो कोड प्रयोग गरी प्रत्येक आन्तरिक फ्लाइट बुकिङमा १५० रुपैयाँ छुट लिन सकिनेछ ।

त्यस्तै, ‘BUSMELA26’ प्रोमो कोड प्रयोग गरी बस टिकटमा ७० रुपैयाँ छुट प्राप्त गर्न सकिनेछ । क्याम्पेनअन्तर्गत साप्ताहिक ‘फायर सेल’ समेत सञ्चालन भइरहेको छ । यसमा सीमित संख्याका ग्राहकले आन्तरिक फ्लाइटमा ३०० रुपैयाँसम्म र बस टिकटमा १०० रुपैयाँसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

बैंकक उडानदेखि विभिन्न ट्राभल अनुभवसम्म गिभअवे
ट्राभल मेला २०२६ अन्तर्गत दुई जना भाग्यशाली ग्राहकले काठमाडौं–बैंकक राउन्ड ट्रिप उडान जित्ने अवसर पाउनेछन् । साथै, बुद्ध एयरको माउन्टेन फ्लाइट तथा विभिन्न सीमित गन्तव्यका आन्तरिक फ्लाइट टिकट पनि गिभअवेमा समावेश गरिएको छ ।

एडभेन्चर मन पराउने यात्रुका लागि Zipline, Bungee, Paragliding, SkyScreamer, SUP, Skywalk, Hot Air Balloon र Paintball लगायतका अनुभव गिभअवेमा राखिएका छन् । सहभागी हस्पिटालिटी तथा एडभेन्चर पार्टनरमार्फत विभिन्न स्टे तथा ट्राभल अनुभवसमेत उपलब्ध हुने कम्पनीले जनाएको छ ।

क्याम्पेनमा Ultima Lifestyle, Safari Bags, OOPS Nepal, Annapurna Cable Car, Highground Adventures, Balloon Nepal, Advance Paragliding, Gobungy, Paddle Nepal, The Cliff, Trishuli Villa/Riverside Resort र Skywalk लगायतका ब्रान्ड तथा साझेदारका गिभअवे र रिवार्ड समेत समावेश छन् ।

विभिन्न गतिविधिमा ५० प्रतिशतसम्म छुट
ट्राभल मेला अवधिभर Annapurna Cable Car, Gobungy को Bungee Jumping, The Cliff, The Last Resort र Nagarkot Zipline लगायतका गतिविधिमा ५० प्रतिशतसम्म छुट उपलब्ध रहेको ट्रिप टर्बोले जनाएको छ ।

कम्पनीका अनुसार अभियानले यात्रुहरूलाई उडान तथा होटल बुकिङसँगै बस टिकट, एडभेन्चर गतिविधि र विभिन्न ट्राभल अनुभवमा छुट तथा रिवार्ड प्राप्त गर्ने अवसर प्रदान गरिरहेको छ ।