कीवर्डहरू -

साइबर सुरक्षा

भ्रामक रोजगारी विज्ञापनमा सरकारको कडा चेतावनी, सामाजिक सञ्जाल निगरानीमा

काठमाडौं । सामाजिक सञ्जालमार्फत वैदेशिक रोजगारीका नाममा फैलिरहेका भ्रामक विज्ञापन नियन्त्रण गर्न सरकारले कडा कदम चाल्ने संकेत दिएको छ । विज्ञापन बोर्डले सार्वजनिक सूचना जारी गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्ति तथा समूहलाई कानुनी कारबाही गरिने चेतावनी दिएको हो ।

पछिल्लो समय फेसबुक, टिकटक, ह्वाट्सएप जस्ता माध्यम प्रयोग गरी आकर्षक रोजगारीको प्रलोभन देखाएर युवायुवतीलाई विदेश पठाउने र भन्दै ठगी गर्ने कार्य बढ्दै गएको जनाइएको छ । यसबारे विभिन्न देशस्थित नेपाली दूतावासमार्फत उजुरी समेत प्राप्त भएको बताइएको छ ।

सम्बन्धित निकायका अनुसार मानव तस्करीमा संलग्न समूहहरूले सामाजिक सञ्जाललाई माध्यम बनाउँदै नेपाली युवालाई भ्रममा पार्ने र ठगी गर्ने क्रम बढ्दो छ । यस्ता प्रलोभनमा परेर विदेश पुगेका केही नेपालीहरू बेवारिसे अवस्थामा फेला परेका छन्, जसको उद्धार दूतावासमार्फत भइरहेको छ ।

यस परिस्थितिलाई ध्यानमा राख्दै वैदेशिक रोजगार विभागबाट इजाजतपत्र प्राप्त कम्पनीमार्फत मात्र वैदेशिक रोजगारीमा जान आग्रह गरिएको छ । साथै, सामाजिक सञ्जालमा देखिने आकर्षक विज्ञापनको भरमा नपर्न सर्वसाधारणलाई सचेत गराइएको छ ।

कानुनी रूपमा पनि यस्ता भ्रामक विज्ञापन प्रतिबन्धित छन् । वैदेशिक रोजगार ऐन, २०६४ र सम्बन्धित नियमावलीले अनुमति बिना रोजगारी सम्बन्धी विज्ञापन गर्न नदिने व्यवस्था गरेको छ भने विज्ञापन ऐन, २०७६ ले भ्रम फैलाउने वा झुटा सूचना दिने सामाग्री प्रकाशनलाई गैरकानुनी ठहर गरेको छ ।

बोर्डले त्यस्ता विज्ञापन तत्काल हटाउन र भविष्यमा नदोहोऱ्याउन निर्देशन दिएको छ । यदि नियम विपरीत गतिविधि भेटिएमा कानुनअनुसार कारबाही हुने स्पष्ट पारिएको छ, जसअन्तर्गत कैद वा जरिवाना दुवै हुन सक्ने प्रावधान रहेको छ ।

सरकारले सर्वसाधारणलाई सचेत रहन र शंकास्पद विज्ञापन देखिएमा सम्बन्धित निकायमा उजुरी गर्न समेत आग्रह गरेको छ ।

साइबर सुरक्षा

नक्कली आईटी जागिरको आडमा उत्तर कोरियाली ह्याकरहरूको ३.२५ करोडको ठगी, लीडरबोर्डमै राख्थे कमाइको स्कोर

उत्तर कोरियासँग जोडिएको एक ह्याकर समूहले नक्कली पहिचान र फर्जी आईटी जागिरको आडमा क्रिप्टो प्रोजेक्टहरूबाट करोडौँ डलर लुटेको खुल…

नेपालका लागि उपयोगी पाँच विश्व-परिवर्तनकारी प्रविधि: विपद् सुरक्षा देखि कृषि र वृद्ध हेरचाहसम्म नयाँ सम्भावना

आविष्कारलाई भविष्यका काल्पनिक वाचाले होइन, सामान्य अवस्थामा काम गर्न सक्ने प्रविधिले परिभाषित गर्नुपर्छ। त्यो प्रविधि विपद् प्रतिरोधा…

राजसंस्था स्थापना गर्ने भन्दै ५० लाख एसएमएस पठाउने सेढाईं पक्राउ

मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै बल्क एसएमएस पठाउने एक जना व्यक्ति पक्राउ परेका …

आकर्षक कमिसन दिने भन्दै ७० हजार बढी नेपालीबाट १२ करोड ठगी, ११ जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्युरोले एसएमसी एप्लिकेशनको प्रयोग गरी अनलाइन स्क्यामिङ गर्ने गिरोहका ११ जना व्यक्तिलाई पक्राउ गरेको छ। ब्यूर…

साइबर आक्रमणबाट जोगिन सरकारी कर्मचारीहरूका नयाँ एडभाइजरी जारी, यस्ता छन् व्यवस्था

नेपाल सरकारले हाल बढ्दो साइबर जोखिमलाई मध्यनजर गर्दै नयाँ साइबर सुरक्षा एडभाइजरी सार्वजनिक गरेको छ । सञ्चार तथा सूचना प्रविधि …

राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टीपी-लिंक राउटरमा प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

राष्ट्रिय सुरक्षाको जोखिम देखाउँदै अमेरिकी वाणिज्य विभागले टीपी-लिंक राउटरहरूमा प्रतिबन्ध लगाउने सम्भावित कदमको बारेमा जानकारी…

फ्यान्टम एनर्जीले घरको बिजुली बिल ५–१० प्रतिशतले बढाउँछ, विज्ञको चेतावनी

प्रायः मानिसहरू फोन चार्ज गरेपछि चार्जरलाई सकेटमा लगाएरै छोडिदिन्छन् वा टिभी, माइक्रोवेभ वा वाशिङ मेसिन जस्ता उपकरणहरू प्रयोग ग…

साइबर सुरक्षा विधेयक अघि बढाउनुपर्नेमा सांसदहरुको जोड

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक सान्दर्भिक भएकाले यसलाई अघि बढाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन्।

साइबर भिजन २०२५ सम्पन्न, साइबर सुरक्षाको अवस्था, चुनौती र समाधानका विषयमा छलफल

साइबर सुरक्षा सम्बन्धि क्षमता अभिवृद्धिका लागि आयोजना गरिएको ‘साइबर भिजन २०२५’ कार्यक्रम सम्पन्न भएको छ । कार्यक्…

रिप्लिट एआई एजेन्टको असफलता : कम्पनीको सबै डेटा मेटायो, सीईओले मागे माफी

आर्टिफिशियल इन्टेलिजेन्स (एआई) आजकल हरेक ठाउँमा प्रयोग हुँदैछ। एआई एजेन्टहरू त झनै अगाडि छन्। एआईले काम जति सजिलो बनाइरहेको छ…

शेयरप्वाइन्ट सर्भरमा ‘टुलशेल’ नामक जिरो-डे एक्स्प्लोइट पत्ता लागेपछि माइक्रोसफ्टद्वारा आपतकालीन सतर्कता जारी

माइक्रोसफ्टले आफ्नो चर्चित शेयरप्वाइन्ट सर्भर सफ्टवेयरमा एक खतरनाक सुरक्षा कमजोरी (भल्नरेबिलिटी) सम्बन्धी आपतकालीन सतर्कता जारी गरेक…

साइबर सुरक्षा सेवा प्रदान गर्न अब राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा सूचीकृत हुनुपर्ने

साइबर सुरक्षा सेवा प्रदान गर्न अब राष्ट्रिय साइबर सुरक्षा केन्द्रमा सूचीकृत हुनुपर्ने भएको छ । संसदमा दर्ता भएको सूचना प्रविधि तथा…

एसएमएसबाट फिशिङ लिंक पठाएर ४ हजार बढी ईसेवा अकाउन्टमा पहुँच, १ करोड रूपैयाँ चोरी

काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले फिशिङ लिंक पठाइ ईसेवाको रकम चोरी गर्ने एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा …

अमेरिकामा आईटी इन्जिनियर थिए, छुट्टीमा नेपाल आउँदा क्रिप्टो कारोबार गरेको आरोपमा समातिए

जिल्ला प्रहरी कार्यालय कास्कीले अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) कारोबार, अनलाईन जुवा/सट्टावाजी गरेको आशंकामा ५ जनालाई पक्राउ गरेक…

नक्कली फेसबुक आइडी बनाउँदै ठगी गर्ने व्यक्ति पक्राउ

नक्कली फेसबुक आइडी खोली आर्थिक लाभ लिने व्यक्ति पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले नक्कली फेसबुक आइडी…