कीवर्डहरू -

सानिमा बैंकले थाल्यो भारत–नेपाल रियल टाइम पी२पी भुक्तानी सेवा

सानिमा बैंकले थाल्यो भारत–नेपाल रियल टाइम पी२पी भुक्तानी सेवा

काठमाडौं । सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सहकार्य गर्दै भारत-नेपाल रियल टाइम पर्सन टु पर्सन (पी२पी) भुक्तानी सेवा सुरु गरेको छ । योसँगै दुई देशबीच सुरक्षित, छिटो र कम लागतमा रकम पठाउन तथा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस सेवामार्फत भारत तथा नेपालका प्रयोगकर्ताले बैंक खाताको विवरण साझा नगरी भर्चुअल पेमेन्ट एड्रेस (भीपीए) तथा यूपीआई आईडी प्रयोग गरेर रकामान्तर गर्न सक्छन् ।

नेपाली प्रयोगकर्ताले भीपीएमार्फत रकम प्राप्त गर्न सक्नेछन् भने भारतीय प्रयोगकर्ताले यूपीआई आईडी प्रयोग गरी भारत-नेपालमा रकम पठाउन तथा प्राप्त गर्न सक्नेछन् । यसले सीमा पार भुक्तानी प्रक्रियालाई अझ सरल, सुरक्षित र सहज बनाएको छ ।

यो सुविधा विद्यार्थी, पेसागत व्यक्ति, यात्रु तथा भारत-नेपाल आवागमनमा निर्भर परिवारहरुका लागि आधुनिक र प्रभावकारी विक्लपका रुपमा उपयोगी हुने बैंकले जनाएको छ । सानिमा बैंकले हाल देशका सातै प्रदेशमा १३४ शाखा कार्यालय तथा १२७ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।