कीवर्डहरू -

साइबर सुरक्षा

३० लाख पटक डाउनलोड भएका एन्ड्रोइड एपहरुमा मालवेयर

३० लाख पटक डाउनलोड गरिसकेको एन्ड्रोइड एपहरुमा मालवेयर फेला परेको छ । यी एपहरुले सब्सक्राइबरहरुलाई प्रिमियम सेवा पनि दिदै आएका थिए ।

आठ ओटा एप मध्य दुई एपहरुको नाम केली टेकको फन्नी क्यामेरा जसलाई ५ लाख चोटि डाउनलोड गरिएको छ र अर्काे एपको नाम रेजर किबोर्ड एण्ड थिम रहेको छ जसलाई ५० हजार इन्स्टल गरिएको छ ।

यसअघि नै गूगलले ६ ओटा एपहरु हटाएको थियो भने अहिले यी बाँकी दुई ओटा एप पनि आफ्नो प्ले स्टोरबाट हटाईदिएको छ । यी एपहरुमा अटोलिकोस नामक मालवेयर फेला परेको हो । यो मालवेयर एभिना सेक्युरिटीको अन्वेषक म्याक्जिम इन्ग्राओले पत्ता लगाएका हुन् ।

इन्ग्राओसँग ब्लिपिङ कम्प्युटरको छलफलमा उनले यो म्यालवेयरलाई सन् २०२१ को जुनमै भेटाएको र त्यही समय गूगललाई रिपोर्ट गरेको बताएका थिए । तर यस बारे गूगलले प्रतिक्रिया दिन कम्पनीले ६ महिना लिएको उनले बताएका छन् ।

६ महिनामा पनि ६ ओटा एप हटाइएका थिए र अन्तिम दुई ओटा एपलाई कम्पनीले दुई दिन अगाडि मात्रै हटाएको हो । यो मालवेयरले गर्दा एपहरुले पिडीतको एसएमएस टेक्स्ट मेसेज पनि पढ्न सक्छन् । अब यी सबै एप गूगल प्ले स्टोरमा उपलब्ध छैनन् ।

साइबर सुरक्षा

अत्याधुनिक तथा नयाँ मोडलका दाहुवाका सीसी टिभी बजारमा 

नेपाली बजारमा दाहुवाको अधिकारीक आयातकर्ता तथा बिक्रेता कम्पनी बिध म्यानेजमेन्टले न…

ओपनशीका लाखौं प्रयोगकर्ताको इमेल एड्रेस लिक

ओपनशीका लाखौं प्रयोगकर्ताको ईमेल एड्रेस बाहिरिएको छ । अमेरिकाको एनएफटी मार्केटप्ले…

क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्दै भैरव टेक्नोलोजी

लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले क्लाउडमा आधा…

बगभीले पायो ‘स्टार्टअप अफ द एयर’ अवार्ड

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फ…

सोर्स कोड चोरी बौद्धिक सम्पतिमा नोक्सानी पुर्‍याएको आरोपमा एक जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सोर्स कोड चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ…

साइबर सुरक्षाको अनुसन्धान तथा विकासमा काम गर्न साइबर सुरक्षा केन्द्र स्थापना हुने

सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थ…

एन्ड्रोइडमा संवेदनशील बग, लाखौँ डिभाइसहरु ह्याकरले नियन्त्रण गर्न सक्ने

सुरक्षा अन्वेषकहरूले एन्ड्रोइडमा संवेदनशील बग फेला पारेका छन् । उक्त बगले गर्दा लाखौ…

क्रिप्टो गेमबाट ह्याकरले चोरे ७२ अर्ब ७२ करोड

ह्याकरहरुले प्ले टु अर्न नामक क्रिप्टो गेमबाट ७२ अर्ब ७२ करोड रुपैयाँ चोर्न सफल भएका…

माइक्रोसफ्ट ह्याक गर्ने १६ वर्षिय किशोरसहित ७ जना पक्राउ

लन्डन पुलिसले ल्यापसस ह्याक अन्तर्गत सात जनालाई प्रक्राउ गरेको छ ।  बिबिसी न्यूजको रि…

ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका

संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सु…

साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट

नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनाका लागि पहिलो चरणमा ४ वट…

क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं

क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको …

८९ प्रतिशत साइबर आक्रमण रुस र युक्रेनलाई लक्षित गरेर हुँदै

विश्वव्यापी रुपमा भईरहेको ८९ प्रतिशत साइबर आक्रमणहरु रुस र युक्रेनलाई लक्षित गरी भई…

ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्दै मालवेयर बट

मालवेयर बटले ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्ने गरेको पाइएको छ । सोफसले गरेको अध्य…