साइबर सुरक्षा
सुरक्षाका लागि एप्पलको ‘लकडाउन मोड’ फिचर, प्रयोगकर्तालाई स्पाईवेयर आक्रमणबाट बचाउने
एप्पलले हाई प्रोफाइल प्रयोगकर्तालाई साइबर आक्रमणबाट बचाउन लकडाउन मोड सार्वजनिक गर्ने भएको छ । यो फिचर आईओएस १६, आईप्याड ओएस १६ र म्याकओएस भेन्चुरा सार्वजनिक भएसँगै सार्वजनिक हुनेछ ।
पेगासस र अरु समूहहरुबाट हुने आक्रमण एकदमै बढ्दै गएकाले कम्पनीले यस्तो फिचर ल्याएको हो । लकडाउन मोड अन गरेमा कुनै पनि स्पाईवेयरले चाहेर डिभाइसलाई संक्रमित गर्न सक्ने छैनन् ।
यसले डिभाइसको केही फिचरहरु माथि पनि प्रतिबन्ध लगाउनेछ । उदाहरणका लागि मेसेजेजमा ईमेज बाहेकको सबै अट्याचमेन्ट ब्लक हुनेछ । त्यस्तै लिंक प्रिभ्यूहरुलाई पनि बन्द गरिनेछ ।
यो फिचरले तपाईले पहिले कल गरेको वा इन्भाईट नगरेसम्म फेसटाइम समेत गर्न दिदैन् । डिभाइस लक भएको समयमा कम्प्यूटर वा अरु एक्सेसरीसँगको वायरलेस कनेक्सन पनि बन्द हुनेछ ।
कम्पनीले आफ्नो सेक्युरिटी बाउन्टी प्रोग्रामलाई पनि विस्तार गर्ने योजना बनाएको छ । लकडाउन मोडमा समस्या फेला पारेर यस फिचरलाई अझै सुरक्षित बनाउने अन्वेषकलाई कम्पनीले २० लाख डलरसम्मको पुरस्कार पनि दिने सक्ने जनाएको छ ।
साइबर सुरक्षा
क्लाउडमा आधारित सेक्युरिटी अपरेसन सेन्टर ‘ट्रिडेन्ट’ सार्वजनिक गर्दै भैरव टेक्नोलोजी
लामो समय देखि साइबर सुरक्षामा काम गर्दै आएको कम्पनी भैरव टेक्नोलोजीले क्लाउडमा आधा…
बगभीले पायो ‘स्टार्टअप अफ द एयर’ अवार्ड
नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्चले आयोजना गरेको सीएनआईवाईईएफ नेपाल स्टार्टअप फ…
सोर्स कोड चोरी बौद्धिक सम्पतिमा नोक्सानी पुर्याएको आरोपमा एक जना पक्राउ
नेपाल प्रहरीको साइबर ब्यूरोले सोर्स कोड चोरी गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ…
साइबर सुरक्षाको अनुसन्धान तथा विकासमा काम गर्न साइबर सुरक्षा केन्द्र स्थापना हुने
सरकारले साइबर सुरक्षा केन्द्र स्थापना गर्ने भएको छ । आईतबार संघीय संसदमा आगामी आर्थ…
एन्ड्रोइडमा संवेदनशील बग, लाखौँ डिभाइसहरु ह्याकरले नियन्त्रण गर्न सक्ने
सुरक्षा अन्वेषकहरूले एन्ड्रोइडमा संवेदनशील बग फेला पारेका छन् । उक्त बगले गर्दा लाखौ…
क्रिप्टो गेमबाट ह्याकरले चोरे ७२ अर्ब ७२ करोड
ह्याकरहरुले प्ले टु अर्न नामक क्रिप्टो गेमबाट ७२ अर्ब ७२ करोड रुपैयाँ चोर्न सफल भएका…
माइक्रोसफ्ट ह्याक गर्ने १६ वर्षिय किशोरसहित ७ जना पक्राउ
लन्डन पुलिसले ल्यापसस ह्याक अन्तर्गत सात जनालाई प्रक्राउ गरेको छ । बिबिसी न्यूजको रि…
ल्यापससले माइक्रोसफ्टको डेटा ह्याक गरेको आशंका
संवेदनशील डेटाको स्क्रीनसट लिक भएपछि माइक्रोसफ्टले ह्याक भएको हो की भनेर छानबिन सु…
साइबर सेक्युरिटी ल्याब स्थापना गर्न पहिलो चरणमा ४ वटा कम्पनी छनोट
नेपाल दूरसञ्चार प्राधिकरणले साइबर सेक्युरिटी ल्याब स्थापनाका लागि पहिलो चरणमा ४ वट…
क्युआर कोडबाट हुने ह्याकिङ दिनदिनै बढ्दै, यसरी जोगिनुहोस् तपाईं
क्युआर कोडको नाम त सुन्नु भएकै होला । अहिले धेरै काममा क्युआर कोड प्रयोग भइरहेको …
८९ प्रतिशत साइबर आक्रमण रुस र युक्रेनलाई लक्षित गरेर हुँदै
विश्वव्यापी रुपमा भईरहेको ८९ प्रतिशत साइबर आक्रमणहरु रुस र युक्रेनलाई लक्षित गरी भई…
ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्दै मालवेयर बट
मालवेयर बटले ईमेलको थ्रेडहरुलाई हाईज्याक गर्ने गरेको पाइएको छ । सोफसले गरेको अध्य…
ह्याकरद्वारा सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी
ह्याकरहरुले सामसगंको १९० जिबी संवेदनशील डेटा चोरी गरेको दावी गरेका छन् ।
गत हप्ताको साइबर आक्रमणमा एनभिडियाको डेटा चोर्न सफल ह्याकर
एनभिडियाले गत हप्ताको साइबर आक्रमणमा ह्याकरहरुले कम्पनी डेटा प्राप्त गरेको स्वीकारेक…