ह्याकरहरुले अहिले सम्मकै सबैभन्दा ठूलो सप्लाई चेन साइबर आक्रमण सञ्चालन गरेका छन् । द फाइनान्सियल टाइम्स र वाल स्ट्रीट जर्नलका रिपोर्ट अनुसार आइटी व्यवस्थापन सफ्टवेयर जायन्ट कासेयाको माथि र्यान्समवेयर आक्रमण भएको छ ।
ह्याकले भिएसए रिमोट मेन्टेनेन्स टूलमा असर पारेको पाइएको छ । कम्पनीले शुरुमा ४० जना भन्दा कम ग्राहकलाई यस ह्याकले असर गरेको दावी गरेको थियो तर हन्ट्रेसको अनुसार यसले करिब २०० जना जति व्यवसायलाई असर पारेको छ ।
यसले करिब आठ ओटा क्लाउड सेवाहरुलाई असर पारेको छ जसले गर्दा अझै धेरै फर्महरुमा यो ह्याकले असर पारेको अनुमान लगाइएको छ । कासेयाले सुरक्षा समस्या भेट्याईसकेको र त्यसको समाधानमा काम गरिरहेको बताएको छ ।
त्यही पनि अहिले केही दिनका लागि कम्पनीले ग्राहकहरुलाई भिएसए सर्भर बन्द गर्नका लागि भनेका छन् र अपडेट इन्स्टल नगरेसम्म अफलाइननै राख्न भनेको छ । यो रुसको रेभिल ग्रुपले गरेको आक्रमण हो भन्ने आशंका गरिएको छ तर यो निश्चित रुपमा प्रमाणित भएको छैन् ।