कीवर्डहरू -

सिम डुप्लिकेसन गरी ठगी गरेको आरोपमा एक जना प्रकाउ

सिम डुप्लिकेसन गरी ठगी गरेको आरोपमा एक जना प्रकाउ

सिम डुप्लिकेसन गरी ठगी गरेको आरोपमा क्राभेका एक जना प्रकाउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले सीमकार्ड डुप्लिकेसन गरी ठघी गरेको आरोपमा क्राभेका २२ वर्षिय सरोज दिवालीलाई प्रकाउ गरेको हो ।

हाल काठमाडौंको गोकर्णेश्वर नगरपालिकामा बस्दै आएका उनले पिडितको अनुमती बिना निजले प्रयोग गर्ने मोबाईल नम्बर मोबाईल सेवा प्रदायक कम्पनीबाट सिमकार्ड आफ्नो नाममा नामसारी गरी निकालेका थिए ।

त्यसपछि सोही मोबाइल नम्बरबाट मोबाइल बैंकिङ एक्टिभेसन गराइ पिडितकै बैंक खातामा पहुँच पुर्‍याई खातामा भएको रकम विभिन्न बैक खाता तथा वालेटहरुमा पटक-पटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ रकम ट्रान्सफर गर्ने गरेका थिए ।

उनीमाथी प्रचलित कानुन बमोजिम ठगी सम्बन्धी कसुर आवश्यक अनुसन्धान एवं कारवाहीको लागी जिल्ला प्रहरी परिसर टेकु, काठमाण्डौंमा पठाईएको छ ।