कीवर्डहरू -

समाचार

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा प्रदायकले निःशुल्क स्टोरेज सुविधा थोरै दिन्छन् र बढी स्टोरेजका लागि शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । 

गूगल ड्राइभ, वान ड्राइभ, आई क्लाउड, ड्रप बक्स केही उदाहरण हुन् । तर अब नेपाली क्लाउड स्टोरेज सेवा प्रदायक उनेल्मा क्लाउड १५० जीबीसम्मको स्टोरेज निःशुल्क उपलब्ध गराउने भएको छ । 
उनेल्मा प्लेटफर्मले सञ्चालन गरिरहेको उनेल्मा क्लाउडमा १५० जीबीसम्म निःशुल्क स्टोरेज पाइन्छ, जहाँ आफ्नो फोटो, भिडियो वा फाइलहरू राख्न सकिन्छ । 

१५० जीबीभन्दा बढी स्टोरेज आवश्यक परे शुल्क भुक्तानी गर्नुपर्नेछ । उनेल्मा क्लाउड ल्यापटप, मोबाइल र ट्याबलेटबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । गूगल प्ले स्टोर र एप स्टोरमा एप उपलब्ध रहेको छ । यसमा राखिएका फाइलहरू आफुले चाहेको व्यक्तिलाई अरूलाई शेयर गर्न समेत सकिने छ । 

पछिल्लो समय धेरै विद्यार्थीको रोजाइमा उनेल्मा क्लाउड पर्दै गएको छ । सुरक्षाका हिसाबले पनि उनेल्मा क्लाउड सुरूक्षित भएको कम्पनी दावी छ । यसमा सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसनका साथै ईण्ड टु ईण्ड इन्क्रिप्सन सुविधा समेत रहेको छ । उनेल्मा क्लाउडबाट फाइलहरू फास्ट ट्रान्सफर हुने समेत कम्पनीको भनाइ छ । 
 

समाचार

नेपाली आईटी कम्पनीले विदेशमा शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न न्यास आईटीको सुझाव

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी) ले नेपाली आईटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्न पाउने …

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, अन्यले पाए सफाइ

नेशनल पेमेन्ट गेटवे स्थापनामा अनियमितता गरेको प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन तत्कालिन कार्यकारी निर्देशक सुनिल…

डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानव…

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छन् ।&n…

महावीर पुनको आत्मकथा ८४ हजार प्रति बिक्री, करिब ५ करोड रूपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक …

एन्ड्रोइड १५ मा एनएफसी चार्जिङ सपोर्ट उपलब्ध हुने

हाल गुगलले अहिले एन्ड्रोइड १५ सिस्टममा काम गरिरहेको छ । यसको पहिलो डेभलपर प्रिभ्यू भर्खरै जारी गरिएको छ । यसमा धेरै नयाँ…

दृष्टिविहीनलाई बाटो देखाउने साथी बन्दै प्रविधि

गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो । सव…

डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त

डिश मिडिया नेटवर्क (डिशहोम) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्ष…

सन सेक्युरिटिजले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) ले भिडियो केवाईसी सेवा सुरू गरेको छ । 

योसँगै अ…

स्मिथ एण्ड स्मिथ रोमानियाबाट रेमिट्यान्स पठाउँदा १ लाख जित्ने मौका

रोमानियाबाट स्मिथ एण्ड स्मिथमार्फत बैंक खाता, इसेवा वालेट वा नगदमा रेमिट्यान्स पठाई हप्तै पिछे रु १०,००० र बम्परमा एक जनाले रु …

नयाँ लुक र सुविधासहित गूगल क्रोम ब्राउजर

गुगलले क्रोम ब्राउजरलाई नयाँ शैलीमा प्रस्तुत गरेको छ । यसमा बुकमार्क, पठन सूची र हिस्ट्रीलाई नयाँ आयाम दिइएको छ । यसमा ब्राउजरक…

प्रभु बैंक र नेपाल क्लियरिङ हाउसबीच अन्तर्देशीय कारोबार भुक्तानी सम्बन्धि सम्झौता

प्रभु बैंक र नेपाल क्लियरिङ हाउस (एनसीएचएल) बिच नेपाल र भारतबीच अन्तर्देशीय  कारोबार भुक्तानी सहजीकरण गर्ने सम्बन्धी सम्झौत…

सीजी इलेक्ट्रोनिक्सका ३३ डिलरलाई थाइल्यान्ड भ्रमणको अवसर

चौधरी ग्रुप अन्तर्गत सीजी इलेक्ट्रोनिक्स अन्तर्गत रहेका ब्राण्डहरु एलजी, सिजी, ब्ल्याक प्लस डेकर, सेन्साई र बेकोका  आफ्…

सञ्चालनमा आयो निओ मनिट्रान्सफर, विदेशबाट पठाएको रकम केही सेकेण्डमै बैंक खातामा आउने

परम्परागत रुपमा हुँदै आएको विप्रेषण सेवालाई नयाँ आयम दिदै न्युनतम लागतमा सेवा प्रदान गर्ने छिटो, भरपर्दो र सुरक्षित माध्यमको रु…

१८ शहरमा विस्तार भयो पठाओ

राइड सेयरिङ व्यवसायको अग्रणी कम्पनी पठाओको ‘बाइक राइड’ सेवा मुलुकका थप १८ वटा सहरमा उपलब्ध भएको छ ।