कीवर्डहरू -

डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त

डिशहोमको सीईओमा तारा मानन्धर नियुक्त

डिश मिडिया नेटवर्क (डिशहोम) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा तारा मानन्धर नियुक्त भएका छन् । २५ वर्षभन्दा बढी समय बैंकिङ क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गरेका मानन्धर डिश मिडियाको सीईओ नियुक्त भएका हुन् ।

उनले सोमबारदेखि कार्यभार सम्हालेका छन् । मानन्धरले व्यवस्थापनलाई सुदृढ बनाउँदै विभिन्न सेवालाई थप गुणस्तरीय बनाउनमा प्रमुख भूमिका खेल्ने कम्पनीको विश्वास रहेको छ । 

उनले यसअघि मसरेक बैंक, प्रभु बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतमा उच्च व्यवस्थापनमा रहेर काम गरिसकेका छन् ।