कीवर्डहरू -

सन सेक्युरिटिजले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सन सेक्युरिटिजले सुरू गर्‍यो भिडियो केवाईसी सेवा

सन सेक्युरिटिज (ब्रोकर नम्बर ६४) ले भिडियो केवाईसी सेवा सुरू गरेको छ । 

योसँगै अब ग्राहकले सन सेक्युरिटिजमा ग्राहकले अनलाइनबाटै डिम्याट र ब्रोकर खाता खोलेर भिडियो कलमार्फत केवाईसी अपडेट गर्न सकिने छ । 

यस्तै नयाँ वर्षको अवसरमा कम्पनीले सबै नेपालीको एक ब्रोकर अकाउन्टयोजना सहित मिसन ८१ अफर समेत सार्वजनिक गरेको छ । 

यस अन्तर्गत एक पटक ६६४ रूपैयाँ शुल्क तिरेपछि आजिवन डिम्याट नवीकरण गर्नुपर्ने छैन् । यस बाहेक निःशुल्क डिम्याट र मेरो शेयर खाता समेत खोल्न सकिने छ । 

साथै प्रत्येक वर्ष १० वटा कारोबार गर्ने ग्राहकले निःशुल्क डिम्याट र मेरो शेयर नवीकरणको सेवा पाउने छन् भने अर्को कम्पनीमा रहेको डिम्याट खातामा रहेको आफ्नो शेयर सन सेक्युरिटीजको डिम्याट खातामा ट्रान्सफर गर्न चाहे त्यो सेवा पनि निःशूल्क उपलब्ध हुनेछ ।