कीवर्डहरू -

समाचार

गर्ल्स इन आइसिटी डेको अवसरमा डब्लूआइआइटीद्वारा प्रभातफेरि कार्यक्रम सम्पन्न

सूचना प्रविधिमा महिला (डब्लूआइआइटी)ले गर्ल्स इन आइसिटी डेको अवसरमा प्रभातफेरि आयोजना गरेको छ । महिला तथा किशोरीहरुलाई प्राविधिक शिक्षा तथा प्रविधि क्षेत्रमा रुचि बढाउने उद्देश्यका साथ डब्लूआइआइटीले प्रभातफेरि आयोजना गरेको हो ।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा मध्यपुर थिमी नगरपालिकाका उपमेयर विजय कृष्ण श्रेष्ठ रहेका थिए । डब्लूआइआइटीले आज वैशाख १३ गते मध्यपुर ठिमीको विभिन्न वडामा प्रभातफेरि अर्थात वाकाथन गरेको छ ।

यो प्रभात फेरि मध्यपुर ठिमीको वडा ४, ५ र ६ वरीपरि सञ्चालन भएको थियो । विहान ६ः५० देखि सुरु भएको वाकाथन मध्यपुर ठिमीको आदर्श माध्यमिक विद्यालय देखि सुरु गरिएको थियो । आज सञ्चालन भएको प्रभातफेरिमा स्लोगन र प्लेकार्ड प्रतिस्पर्धा पनि रहेको थियो । 

प्रभातफेरिमा विद्यालय अध्ययनरत छात्रा लगायत ३ सय जना सहभागी भएको सूचना प्रविधिमा महिलाका अध्यक्ष गुणकेशरी प्रधानले बताइन् । कार्यक्रममा बालकोट, मध्यपुर ठिमी र वरीपरीको क्षेत्रबाट सात ओटा विद्यालयहरुले सहभागिता जनाएका थिए ।

null

कार्यक्रममा आदर्श माध्यमिक विद्यालयका प्रधानाध्यापक डा बुद्धी कुमार घो, मध्यपुर थिमि नगरपालिका वडा नम्बर ४ का अध्यक्ष बाल कृष्ण श्रेष्ठ र सूचना प्रविधिमा महिलाका उपाध्यक्ष शीला कंसाकर, आईसीटी रोल मोडेल क्रिशा श्रेष्ठ र आइसिटी क्षेत्रका पायोनियर तिमिला यामी थापाले आ-आफ्नो मन्तव्य राखेका थिए ।

त्यस्तै प्रभातफेरिको राम्रो स्लोगन र प्लेकार्ड बनाउने तथा वाकाथनमा राम्रो प्रस्तुति गर्नेलाई अवार्ड समेत प्रदान गरिने छ । पुरस्कार र नतिजा शुक्रबार डब्लुआईआईटीले आयोजना गर्ने कन्फेरेन्समा घोषणा गरिने छ । 

उत्कृष्टताको छनौट गर्ने निर्णयक टोलीमा तिमिला यमी थापा, विनिता वैद्य, शोभा सेढाई र समीक्षा सिंह रहेकी छन् । आदर्श माध्यमिक विद्यालयबाट सुरू भएको वाकाथन बालकुमारी, विष्णुवीर, यम, मारु, दिगु, बाहखा, पाटोविहार, पाँचो, भुलानखेल, दिगु हुँदै आदर्श माध्यमिक विद्यालयमै आएर अन्त्य भएको थियो । 

null

 

समाचार

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न समझदारी

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इडुरोम सञ्चालन गर्न  समझदारी भएकाे छ । नागरिक उड्डयन कार्यालय र नेपाल अनुसन्धान तथा शिक्ष…

नेपालको अग्रणी साइबर सुरक्षा फर्म भैरव टेकले पायो एसओसी टु टाइप वान प्रमाणपत्र

नेपालमा रहेको अग्रणी साइबर सुरक्षा फर्म, भैरव टेकले आफ्नो सर्भिस अर्गनाइजेशन कन्ट्रोल (SOC) टु टाइप वान प्रमाणित कम्पनी बन्न सफल भ…

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने भएका छन् । नयाँ अपडेट जारी गर्दै कम्पनीले गूगल…

ह्वाट्सएपमा इन्टरनेट बिना नै एचडी फोटो र फाइल पठाउन सकिने सुविधा आउँदै

ह्वाट्सएपमा अब इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने भएको छ । ह्वाट्सएपले इन्टरनेट बिनानै एचडी फोटो पठाउन सकिने सुविधा ल्…

अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल एयरच्याट

नयाँ सामाजिक सञ्जाल एयरच्याट सार्वजनिक भएको छ । एयरच्याट अडियोमा आधारित सामाजिक सञ्जाल हो ।

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा …

झुट्टा विवरण दिई सरकारी सुविधा लिएको आरोपमा विकल पौडेलविरूद्ध अख्तियारको भ्रष्टाचार मुद्दा

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलविरूद्ध झुट्टा विवरण पेश गरी भ्रष्…

माइक्रोसफ्टले सार्वजनिक गर्‍यो एआई टूल भासा १, फोटोबाट भिडियो बनाउन सकिने

एआई अर्थात् आर्टिफिसियल इन्टेलिजेन्सको संसारमा हरेक दिन केही नयाँ भइरहेको हुन्छ । भर्खरै, ओपनएआईले सोरा र गूगलले भिड्स प्रस्तुत ग…

नेपाली आईटी कम्पनीले विदेशमा शाखा स्थापना गर्न पाउने कानुनी व्यवस्था गर्न न्यास आईटीको सुझाव

नेपाल एशोशिएसन फर सफ्टवेयर एण्ड आईटी सर्भिसेस कम्पनीज् (न्यास आईटी) ले नेपाली आईटी कम्पनीहरुले देशबाहिर शाखा स्थापना गर्न पाउने …

नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर, अन्यले पाए सफाइ

नेशनल पेमेन्ट गेटवे स्थापनामा अनियमितता गरेको प्रकरणमा राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन तत्कालिन कार्यकारी निर्देशक सुनिल…

डढेलो नियन्त्रणका लागि वनमा सिसी क्यामरा जडान

वन डढेलो नियन्त्रणका लागि विभिन्न डिभिजनल वन कार्यालयहरुले सिसी क्यामरा राख्न सुरु गरेका छन् । जङ्गलमा लाग्ने अधिकांश डढेलो मानव…

नबिराएर नडराएर काम गर्न कर्मचारीलाई मन्त्री शर्माको आग्रह

सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानुनको परिधिभित्र रहेर उच्च मनोबलका साथ काम गर्न कर्मचारीहरुलाई आग्रह गरेकी छन् ।&n…

महावीर पुनको आत्मकथा ८४ हजार प्रति बिक्री, करिब ५ करोड रूपैयाँ संकलन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महावीर पुनको आत्मकथा ‘महावीर पुन सम्झना, सपना र अविरल यात्रा’ पुस्तक …

एन्ड्रोइड १५ मा एनएफसी चार्जिङ सपोर्ट उपलब्ध हुने

हाल गुगलले अहिले एन्ड्रोइड १५ सिस्टममा काम गरिरहेको छ । यसको पहिलो डेभलपर प्रिभ्यू भर्खरै जारी गरिएको छ । यसमा धेरै नयाँ…