कीवर्डहरू -

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ४० हजारसम्म क्यासब्याकको अफर

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ४० हजारसम्म क्यासब्याकको अफर

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।

‘कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा भुक्तानीको पूरा रकम फिर्ता (४० हजार रुपैयाँसम्म) हुने अफर सार्वजनिक गरेको कम्पनीले जनाएको छ । कनेक्ट आईपीएसले ६ जेठदेखि ३२ साउनसम्म लागू हुने गरी यो अफर सार्वजनिक गरेको जनाएको छ ।

अफर अनुसार कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्दा हरेक हप्ता १० जना भाग्यशाली प्रयोगकर्ताले १ हजार रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्नेछन् भने भने हरेक महिना एक जना भाग्यशाली विजेताले प्रिमियम भुक्तानीको पूरा रकम (४० हजार रुपैयाँसम्म) फिर्ता पाउन सक्नेछन् ।

लक्की ड्रमार्फत छानिएका १० साप्ताहिक विजेताहरुको जानकारी हरेक हप्ताको सोमबार तथा मासिक १ जना भाग्यशाली बिजेताको जानकारी महिना सकिएपछि एनसीएचएलको वेबसाइट तथा आधिकारिक सामाजिक सञ्जालहरु मार्फत सार्वजनिक गरिने कम्पनीले जनाएको छ ।

कनेक्ट आईपीएसको वेब, मोबाइल एप तथा इन्स्योरेन्स कम्पनीको वेबसाइटमा जोडिएको कनेक्ट आईपीएस गेटवे मार्फत गरिएको लाइफ इन्स्युरेन्सको प्रिमियम भुक्तानीमा मात्र सो अफरमा लागू हुने कम्पनीले जनाएको छ ।