कीवर्डहरू -

अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल एयरच्याट

अडियोमा आधारित नयाँ सामाजिक सञ्जाल एयरच्याट

नयाँ सामाजिक सञ्जाल एयरच्याट सार्वजनिक भएको छ । एयरच्याट अडियोमा आधारित सामाजिक सञ्जाल हो ।

एयरच्याटले क्लबहाउस, एक्स र मेटाका एआई एपसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरिएको छ । अहिलेसम्म एयर च्याट इनभाइट वान्ली प्लेटफर्म हो । 

तर हालै कम्पनीले अमेरिका र ईयुमा खुला रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेपनि छ । नेपालसहितका अन्य देशमा यसलाई चलाउन भने इन्भाइट आवश्यता पर्नेछ ।   

यस्तो अवस्थामा यदि कसैले यो एप प्रयोग गर्छ भने उसले तपाईंलाई यसमा जोड्न सक्छ । एयरच्याट अडियोमा आधारित सामाजिक सञ्जाल भएकाले यसमा अडियो मात्रै पोष्ट गर्न सकिन्छ । 

यसपछि, यो एप आफैंले त्यो आवाजलाई ट्रान्सक्राइब गर्नेछ र भ्वाइससँग फिडको रूपमा तयार गर्नेछ । एयरच्याट एपमा भ्वाइस नोटमार्फत फिड तयार हुनेछ । यसले टेक्स्ट एआई आवाजमा सुन्ने र वास्तविक आवाज सुन्ने विकल्प दिनेछ ।

एयर च्याटको फिड ट्विटर जस्तै धेरै मिल्दोजुल्दो देखिन्छ । यसमा तपाईले फलो गर्ने व्यक्तिहरूको टेक्स्ट पोस्टहरू हेर्न सक्नुहुनेछ । एपमा पनि तपाईले फेसबुक वा अन्य कुनै सोशल मिडिया प्लेटफर्ममा जस्तै स्क्रोल गर्न सक्नुहुन्छ ।

यस बाहेक, तपाईले पोस्टमा दिइएको टेक्स्टको वास्तविक आवाज पनि सुन्न सक्नुहुनेछ, जसका कारण यसले अन्य सामाजिक नेटवर्किंग साइटहरूको तुलनामा अधिक व्यक्तिगत अनुभूति दिने अपेक्षा गरिएको छ ।

एपमा पनि पोस्ट लाईक गर्ने विकल्प रहेको छ । प्रयोगकर्ताहरूले फलो गर्ने व्यक्तिहरूको पोस्टहरू देखिने छन् । एयरच्याट एपमा कसैको पोस्टको जवाफ दिनको लागि अडियो र भिडियोका साथै टेक्स्टको विकल्प पनि हुनेछ ।