कीवर्डहरू -

आईटीका सबै सुविधा एकै ठाउँबाट दिने उद्देश्यका साथ टेक इन्टिग्रेटर्स सुरू

आईटीका सबै सुविधा एकै ठाउँबाट दिने उद्देश्यका साथ टेक इन्टिग्रेटर्स सुरू

आईटी कम्पनी टेक इन्टिग्रेटर्स सुरू भएको छ । सूचना प्रविधि क्षेत्रका सबै सेवा एकैठाउँबाट दिने उद्देश्यसहित टेक  इन्टिग्रेटर्स सञ्चालनमा आएको हो । 

प्राविधिक सेवा सुविधाहरूका लागि फरक फरक कम्पनी र भेन्डरमा दौडधुप गर्नुपर्ने समस्यालाई अन्त्य गर्न  टेक इन्ट्रिगेटर्स सुरू गरिएको संस्थापक सौगात नेपालले जानकारी दिए । 

कम्पनीले मुख्यतः आईटी सिस्टम ईन्टिग्रेसन, कम्प्युटर नेटवर्क र सर्भर, सफ्टवेयर डेभलपमेन्ट, डाटाबेस, मोबाइल एप डेभलपमेन्ट, होम अटोमेसन, ईन्टरनेट अफ थिङ, डिजिटल ब्रान्डिङ र प्रमोशन, साइबर सुरक्षा, भर्चुअल प्राइवेट सर्भर/क्लाउड, वेब होस्टिङ, डोमेन नेम रेजिस्ट्रेशन र ट्रान्सफर, ईमेल होस्टिङ, डीएनएस होस्टिङ, एसएसए; सर्टिफिकेट, बल्क ईमेल र एसएमएस, व्यावसायिक सिस्टम सफ्टवेयर, बिलिङ सफ्टवेयर र अन्य आन्तरिक राजश्व विभागबाट प्रमाणित विलिङ सफ्टवेयर समेत प्रदान गर्ने छ ।

साथै, टेक  इन्टिग्रेटर्सको स्टोरबाट प्रयोगकर्ताले विभिन्न इलेक्ट्रोनिक्स, ह्याकिङ, सफ्टवेयर लाइसेन्सहरू र डिजिटल उपकरणहरू समेत खरिद गर्न सक्नेछन् ।  

यसका साथै, कम्पनीले गुणस्तरीय र भरपर्दो सेवा सुविधा चौबिसै घण्टा ग्राहकलाई उपलब्ध गराउने बनाउने समेत जनाएको छ ।