कीवर्डहरू -

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

१५० जीबीसम्म निःशुल्क स्टोरेज सुविधा दिने नेपाली कम्पनी उनेल्मा क्लाउड

अहिलेसम्म हामीहरूले हाम्रा फोटो, भिडियो वा कुनै पनि फाइल विदेशी क्लाउड सेवा प्रदायककोमा राख्दै आएका छौं । त्यसमाथि धेरै सेवा प्रदायकले निःशुल्क स्टोरेज सुविधा थोरै दिन्छन् र बढी स्टोरेजका लागि शुल्क भुक्तानी गर्नुपर्ने हुन्छ । 

गूगल ड्राइभ, वान ड्राइभ, आई क्लाउड, ड्रप बक्स केही उदाहरण हुन् । तर अब नेपाली क्लाउड स्टोरेज सेवा प्रदायक उनेल्मा क्लाउड १५० जीबीसम्मको स्टोरेज निःशुल्क उपलब्ध गराउने भएको छ । 
उनेल्मा प्लेटफर्मले सञ्चालन गरिरहेको उनेल्मा क्लाउडमा १५० जीबीसम्म निःशुल्क स्टोरेज पाइन्छ, जहाँ आफ्नो फोटो, भिडियो वा फाइलहरू राख्न सकिन्छ । 

१५० जीबीभन्दा बढी स्टोरेज आवश्यक परे शुल्क भुक्तानी गर्नुपर्नेछ । उनेल्मा क्लाउड ल्यापटप, मोबाइल र ट्याबलेटबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । गूगल प्ले स्टोर र एप स्टोरमा एप उपलब्ध रहेको छ । यसमा राखिएका फाइलहरू आफुले चाहेको व्यक्तिलाई अरूलाई शेयर गर्न समेत सकिने छ । 

पछिल्लो समय धेरै विद्यार्थीको रोजाइमा उनेल्मा क्लाउड पर्दै गएको छ । सुरक्षाका हिसाबले पनि उनेल्मा क्लाउड सुरूक्षित भएको कम्पनी दावी छ । यसमा सुरक्षाका लागि टु फ्याक्टर अथेन्टिकेसनका साथै ईण्ड टु ईण्ड इन्क्रिप्सन सुविधा समेत रहेको छ । उनेल्मा क्लाउडबाट फाइलहरू फास्ट ट्रान्सफर हुने समेत कम्पनीको भनाइ छ ।