कीवर्डहरू -

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने

गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने भएका छन् । नयाँ अपडेट जारी गर्दै कम्पनीले गूगल च्याट प्रयोगकर्ताहरूले अब माईक्रोसफ्ट टिम्स र स्ल्याकमा म्यासेज पठाउन सक्ने व्यवस्था सुरू गरेको हो । 

गुगलले यो नयाँ फिचर गुगल क्लाउड नेक्स्ट २०२३ कार्यक्रममा घोषणा गरेको थियो । यसअघि यो सुविधा बेटा प्रयोगकर्ताका लागि मात्र उपलब्ध थियो तर अब यो सबैका लागि जारी गरिएको छ ।

गूगल वर्कप्लेसका सबै सःशुल्क ग्राहकहरूले यो सुविधा प्रयोग गरेर माइक्रोसफ्ट टिम्स र स्ल्याकका प्रयोगकर्ताहरूलाई मेसेज पठाउन सक्नेछन् । यद्यपि यसका लागि गुगल च्याट प्रयोगकर्ताहरूले मियो एप प्रयोग गर्नुपर्नेछ ।

इन्टरअपरेबिलिटीले आफ्ना प्रयोगकर्ताहरूलाई थप सहज अनुभव प्रदान गर्न आफ्नो डोमेन भित्र गुगल च्याट र अन्य मेसेज प्लेटफर्महरू प्रयोग गर्ने संस्थाहरूलाई सक्षम पार्नेछ ।

तर गूगलले गुगल च्याटमार्फत टिम र स्ल्याक प्रयोगकर्ताहरूलाई सन्देश पठाउन सकिने भएता पनि यसका लागि प्रयोगकर्ताहरूले मियो एप डाउनलोड गरेर इन्स्टल गर्नुपर्नेछ ।